Incident Reports

CPN-M Cadres Obstruct Voters' List Collection

2013-03-25

 

काठमाडौँ । चैत १२ गते

 

नेकपा-माओवादीका कार्यकर्ताले मतदाता नामावली सङ्कलन अद्यावधिक गर्ने कार्यमा अवरोध गरेका छन् । भर्खरै गठित सरकारले असार महिनामा निर्वाचन गर्ने बताइरहँदा निर्वाचन आयोगले मतदाता नामावली अद्यावधिक गर्ने कार्य प्रारम्भ गरेको थियो ।

 

बाग्लुङमा नेकपा-माओवादीका कार्यकर्ताले मतदाता नामावली सङ्कलन अद्यावधिक कार्यमा अवरोध गरेका छन् । जिल्ला निर्वाचन कार्यालय, बागलुङबाट फोटो सहितको नामावली सङ्कलन गर्न गएको टोलीलाई ०६९ चैत ११ गते नामावली संकलनमा रोक लगाउँदै उनीहरूले सामग्री समेत कब्जामा लिएका छन् ।

 

निर्वाचन कार्यालयले छुटेका मतदाताको फोटो सहितको नामावली तयार गर्न चैत ११ गते बाग्लुङ नगरपालिका आठ ओटा वडा र पश्चिम क्षेत्रका राजकुत र दगातुन्डाडा गाविसमा टोली खटाएको थियो ।

 

म्याग्दीमा मतदाता नामावली सङ्कलन गर्न भकिम्ली गाविस पुगेको टोलीको ल्यापटप समेतका सामाग्रीहरू ०६९ चैत ११ गते राती नेकपा-माओवादीका कार्यकर्ताले लुटेका छन् ।

 

जिल्ला निर्वाचन कार्यालका अनुसार आफूलाई नेकपा-माओवादीको कार्यकर्ता बताउने केही व्यक्तिले आईतवार राती तस्विर सहितको मतदाता नामावली सङ्कलनमा खटिएका अपरेटर कविता रोका र गाविस सचिव बुद्धीप्रसाद शर्मा समेतको टोली बास बसेको ठाउँबाट ल्यापटप, क्यामेरा र फारमहरू लगेका हुन् । घटनाको अनुसन्धान गर्न प्रहरी टोली बिहान भकिम्ली पुगेको छ ।

 

मकवानपुरको हेटौडा नपाको १ र ४ नम्वर वडा तथा आग्रा गाविसमा मतदाता नामावली संकलन गर्न गएका जिल्ला निर्वाचन कार्यालयका कर्मचारीलाई ०६९ चैत १२ गते रोक लगाएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख ध्रुवप्रसाद भण्डारीले बताए । जिल्ला निर्वाचन कार्यालय मकवानपुरले ०६९ चैत १० गतेदेखि जिल्लाका ११ स्थानबाट मतदाता नामावली संकलन कार्य सुरु गरेको थियो । सुरु गरेको पहिलो दिनमा नै मकवानपुरको विकट क्षेत्र कालिकाटार गाविसमा माओवादीका स्थानीय कार्यकर्ताहरूले निर्वाचन कार्यालयका कर्मचारीहरूलाई मतदाता नामावलीका काम अगाडि नबढाउन चेतावनी दिएपछि उनीहरू सदरमुकाम फर्केका थिए ।

 

बाँकेको नौवस्ता गाविसको वडा नं. ५ र ९ मा नेकपा माओवादीका कार्यकर्ताहरूले ०६९ चैत ११ गते मतदाता नामावली सङ्कलन फारम च्यातेका छन् । सबै दलको सहमतिबिना निर्वाचन हुन नसक्ने र तीन दलको सहमतिले संविधान नबन्ने, नामावली सङ्कलन पनि गर्न नदिने भन्दै फारम खोसेर च्यातेको नौवस्ता गाविस-५ का वडा नागरिक मञ्चका संयोजक दिनानाथ थारुले बताए । नेपाल राष्ट्रिय निमाविमा फारम भरिरहेका समयमा आफूलाई वैद्य समूह बताउने व्यक्तिले मतदाता प्रक्रिया रोक्ने निर्देशन भएको भन्दै फारमहरू च्यातेका थिए ।

 

पाल्पामा नेकपा-माओवादीका कार्यकर्ताले ठिमुरे र फेक गाविसमा गएका कर्मचारीसँग जबरजस्ती कर्मचारीसँग दुई ओटा ल्यापटप तथा क्यामेरा नियन्त्रणमा लिएको कुरा निर्वाचन कार्यालयका सुब्बा शिवराज अर्यालले बताए । जिल्ला निर्वाचन कार्यालयले नेकपा-माओवादीको मतदाता नामावली संकलन बन्द गर्ने केन्द्रिय सर्गुलेसनको अवज्ञा गरेको भन्दै कम्प्युटर फुटाइदिने धम्की समेत दिएका थिए ।

 

तनहुँमा भने नेकपा-माओवादी तनहुँले ०६९ चैत १२ गते जिल्ला निर्वाचन कार्यालयलाई ज्ञापनपत्र बुझाई नेकपा-माओवादीले निर्वाचन प्रयोजनको लागि सञ्चालन गरिएका मतदाता नामावली अद्यावधिक गर्ने कार्यक्रम स्थगन गर्न माग गरेको छ । आफ्ना मागहरू पूरा नगरीकन निर्वाचन प्रयोजनका लागि मतदाता नामावली अद्यावधिक कार्य सञ्चालन गरिराखे त्यसमा अवरोध गर्ने माओवादीका सचिव अतिन्द्रकेशरी न्यौपानेले बताए । जिल्ला निर्वाचन कार्यालयले भने मतदाता नामावली अद्यावधिक गर्ने कार्य बिना अवरोध सञ्चालन भइरहेको जनाएको छ । कार्यालयका प्रमुख किर्तनराज पौडेलले हालसम्ममा २८ ओटा गाविसमा नामावली अद्यावधिक गर्ने कार्य सम्पन्न भइसकेको र चैत १२ गतेदेखि सातओटा गाविसमा मतदाता नामवली संकलन कार्य सञ्चालन गरिने जनाए ।

 

Kathmandu/March 25

CPN-Maoist activists obstructed the voters’ registration process in various parts of the country. The Election Commission had begun updating the list after the government revealed plan to hold election in June.

 

In Baglung, the CPN-M cadres stopped the team of EC Baglung in eight wards of Baglung Municipality and the VDCs of Rajkut and Dagatundanda on March 25.

 

In Myagdi, the cadres of CPN-M seized the equipment including laptop, camera and forms of the ED team at Bhakimli VDC.

Online Desk

0 Comments

Related Reports
Related Trend Analysis