Incident Reports

Life Attempt on Govt Official

2013-03-24

 

महोतरी । चैत १२ गते

 

ओखलढुङ्गा जिल्ला भदौरे गाविस-३ घर भइ जिल्ला शिक्षा कार्यालय महोत्तरीमा कार्यरत उपसचिव ४६ वर्षीय बलबहादुर कार्कीलाई जनतान्त्रिक तराई मुक्ति मोर्चा (राजनमुक्ति) समूहले ०६९ चैत ११ गते गोली हानी हत्या प्रयास गरेको छ ।

 

जलेश्वर-बर्दिवास सडकखण्डमा पर्ने सरपल्लो चोकमा विपरीत दिशातर्फबाट आएको नम्बर नखुलेको मोटरसाइकलमा सवार दुईजना मध्ये पछाडि बस्ने व्यक्तिले आफूलाई पेस्तोल झिकेर गोली हानेको कार्कीले वताए ।

 

कार्की स.१ प. ६२०५ नम्बरको मोटरसाइकलमा बर्दिवासतर्फजाँदै थिए । नम्बर नखुलेको मोर्चा समूहको उक्त मोटरसाइकल जलेश्वरतर्फआउँदै गरेको थियो । सोही क्रममा दुवै मोटरसाइकल जम्काभेट हुँदा मोटरसाइकलमा सवार मोर्चाका कार्यकताले पेस्तोल झिकेर छातीमा तोकेर गोली हानेको पीडित कार्की बताए । कार्कीले लगाएको सर्टको अघिल्लो खल्तीमा छालाको पर्स रहेको कारण गोली सोही पर्समा ठोक्किएर स्विटर सर्ट च्यात्दै बाहिर निस्केको प्रहरीले जनायो । गोलीले शरीरमा नछोएकाले कार्कीलाई कुनै चोटपटक नलागेको जिल्ला प्रहरी कार्यालयका एसपी पवन खरेलले वताए ।

 

घटनाको जनतान्त्रिक तराई मुक्ति मोर्चा (राजनमुक्ति) ले जिम्मा लिएको छ । राजनमुक्तिले आफ्नो पार्टीको सैन्य कमाण्डरको नेतृत्वको टोलीले कारबाही गरेको सञ्चारकर्मीलाई फोन गरी बताएका थिए । कार्कीलाई कारबाही गर्नुको कारण भने उनले खुलाएका छैनन् । घटनाको अनुसन्धान भइरहेको र प्रहरी दोषीको नजिक पुग्न लागेको एसपी खरेलले बताएका छन् ।

 

ईश्वरी काफ्ले

 

Mahottari/March 25

Bal Bahadur Karki, 46, the under-secretary at District Education Office, Mahottari has been injured when shot at by the cadres of JTMM-Rajan Mukti on March 24. Kakri hails from Bhadaure3 in Okhaldhunga district.

 

According to Karki, he was shot by a pistol by pillion, arriving on a motorcycle whose number he could not ascertain, at Sarpallo Chok in Jaleshwar-Bardibas road section as he was heading for Bardibas on a motorcycle (Sa 1 Pa 6205) in opposite direction of the assailants' bike.

 

Karki said that the shooter aimed at his chest. SP Pawan Kharel said the bullet hit a leather purse that Karki had on his chest pocket and bounced tearing his sweater and left him unscathed.

 

JTMM-Rajan Mukti said its cadres led by military commander had carried out the attack.

 

SP Kharel said that the police was investigating the case and was near to arrest the attackers.

Ishwari Kafle

0 Comments

Related Reports
Related Trend Analysis