Incident Reports

Man Arrested on Charge of Killing Wife

2013-03-28

सिरहा । चैत १५ गते

लहान नपा ५ की २७ वर्षीया रञ्जु साहलाई उनका पति ३० वर्षीय रमेश नायकले हत्या गरेको आरोपमा मृतक महिलाका परिवारले वडा प्रहरी कार्यालय लहानमा ०६९ चैत १५ गते उजुरी हालेका छन् ।

०६९ चैत १४ गते होलीको दिन दिउँसो रंगको विषयमा पति र पत्नीबीच सामान्य विवाद हुदा रमेश नायकले निर्घात कुटेको स्थानीयवासीहरूले बताए । कुटाइबाट गम्भीर घाइते भएकी रञ्जुलाई विष सेवन गरेको भनी उपचारको लागि लहान अस्पतालमा लगेको र उपचारकै क्रममा उनको मृत्यू भएको स्थानीयवासीहरूले बताएका छन् ।

घटनाको जानकारी पाएर वडा प्रहरी कार्यालय लहानले रमेश नायकलाई ०६९ चैत १४ गते अनुसन्धानका लागि गिरफ्तार गरेको र १५ गते मृतकको सासु र नन्दलाई गिरफ्तार गरी अनुसंधान गरी रहेको इन्सपेक्टर ढकेन्द्र खतिवडाले बताए ।

उनका अनुसार ०६९ चैत १५ गते लासको लहान अस्पतालमा पोष्टमार्टम गरी परिवारलाई अन्तिम संस्कारको लागि जिम्मा लगाएको बताए ।

Siraha/March 28 Family of Ranju Sah, 27, of LahanN.P.5 has filed a complaint against her husband Ramesh Nayak, 30, at the Ward Police Office (WPO) Lahan on March 28, accusing him of killing her.

According to locals, Ranju was seriously injured after Ramesh beat her over a dispute on March 27. They said that Ranju was taken to Lahan Hospital under the pretext that she had consumed poison. She died while undergoing treatment.

Inspector Dhakendra Khatiwada of the WPO Lahan said that Ramesh was arrested on March 27. He added that mother-in-law and sister-in-law of the deceased were arrested for investigation on March 28.

Body of the deceased has been handed over to her family after post-mortem conducted in the Lahan Hospital.

Durga Pariyar

0 Comments

Related Reports
Related Trend Analysis