A 29-year-old differently able Durga Devi Rokaya, of Tripurakot VDC-4 has lodged a complaint at police against Ranjit Buda, 35 and Bali Ram Buda, 29 of the same place on charge of doing inhumane behavior. She further demanded an action against them.
The application states that she was insulted in front of villagers on October 14 based on her physical disability.
The victim had lodged a complaint at Tripurakot police post on October 15 demanding an action against them. Police incharge Rom Harsha Sijwal said that the accused are at large. He added that the action will be taken after the investigation of the case.
शारीरिक अपाङ्गता भएकी त्रिपुराकोट गाविस-४ की २९ वर्षीया दुर्गादेवी रोकायलाई अमानवीय व्यवहार गरेको आरोपमा सोही ठाउँका ३५ वर्षीय रञ्जित बुढा र २९ वर्षीय बलीराम बुढाविरुद्ध कानुनी कारबाहीको माग गर्दै प्रहरीमा उजुरी दिएकी छन् ।
पीडित महिलालाई असोज २८ गते गाउँलेहरू भेला भएको सार्वजनिक स्थानमा कुटपिट गर्नुका साथै ‘लङ्गडी’ भन्दै अमानवीय व्यवहार गरेकोले न्यायका लागि प्रहरीमा निवेदन दिएको बताइन् ।
पीडितले असोज २९ गते प्रहरी चौकी त्रिपुराकोटमा कानुनी कारबाहीको माग गर्दै उजुरी दिएकी हुन् । प्रहरी चौकी त्रिपुराकोटका इञ्चार्ज रोमहर्ष सिजवालले घटनामा संलग्न आरोपितहरूको खोजी भइरहेको जानकारी दिए । ‘त्यसपछि अनुसन्धान गरेर आवश्यक कारबाही गर्छौँ ।’-सिजवालले भने ।