Incident Reports

Scuffle disrupts World Hindu Federation's closed session briefly

2016-10-21

Bagmati, Kathmandu, Kathmandu, Ward 28

Pro-monarchists and Hindu activists entered minor scuffles at the closed session of the World Hindu Federation on Friday. The scuffle lasted for a brief moment in the closed session venue in Kamaladi in the capital, Kathmandu Police chief SSP Bikram Singh Thapa told Setoapti. The clash occurred when one side said that pro-monarchists were not included in the session. The general assembly of the Federation is set for close on Saturday after electing the new leadership. विश्व हिन्दु महासंघको बन्दसत्रमा प्रतिनिधिहरुबीच कुटाकुट भएको छ । बन्दसत्रमा सहभागी केहि प्रतिनिधिहरुले पूर्वअध्यक्ष भरतकेशरी सिंहविरुद्ध हुटिङ गरेपछि तनाव सिर्जना भएको थियो। बन्दसत्रबाट भरतकेशरी शाहलाई नै पुनः सर्वसम्मत अध्यक्ष चयन गर्न खोजिएपछि असन्तुष्ट समुहले विरोध जनाएको र विरोधले उग्ररुप लिँदै झडप हुन पुगेको एक प्रतिनिधिले रातोपाटीलाई जानकारी दिए । महासम्मेलनकी सचिव तथा प्रवक्ता अस्मिता भण्डारीले भने प्रतिनिधि नै नरहेका केहि व्यक्तिहरु बन्दसत्र हलभित्र बसेर उपद्रो मच्चाएको रातोपाटीलाई बताइन् । उनले बन्दसत्रबाट आजै भरतकेशरी शाहलाई अध्यक्षमा चयन गर्न लागिएको बताइन् । ‘प्रहरीले ति व्यक्तिहरुलाई नियन्त्रणमा लिएपछि अहिले बन्दसत्र निर्वाध रुपमा चलिरहेको छ, भण्डारीले भनिन् । तर, विद्रोही समुहका यम भण्डारीले एकलौटी ढंगले अध्यक्षको घोषणा गर्न खोजिएकाले विरोध गरिएको बताए । सँगै उनले यो निर्णय आफूहरुलाई कुनै पनि हालतमा मान्य नहुने बताए । झडपका क्रममा केहि व्यक्तिहरु घाइते भएका छन् । बन्दसत्र जारी राजधानीको कमलादीमा अहिले ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ । हिजो बनकालीमा पूर्वराजा ज्ञानेन्द्र शाहले उद्घाटन गरेको महासम्मेलन आज नेतृत्व चयन र भोलि विराट हिन्दु महासम्मेलन काठमाडौं घोषणापत्र जारी गर्दै सम्पन्न गर्ने कार्यक्रम तय गरिएको छ । आक्रोशित समूहले बन्दसत्रमा भारतीय जनता पार्टीका नेता तथा सांसद आदित्यनाथविरुद्ध समेत नाराबाजी गरेका थिए । उनकै दवावमा सिंहलाई अध्यक्ष बनाउन खोजिएको बताइएको छ । महासंघभित्रका विशुद्ध हिन्दुवादी समूहले हिन्दु सम्मेलनको प्रयोग गरेर राजावादीहरुले राजतन्त्र फर्काउन खोजेको भन्दै विरोध गरिरहेका छन् । नेपालमा हिन्दु राष्ट्र र राजतन्त्र फरक विषय भएको तर राजावादीहरुले हिन्दुराष्ट्रकै आडमा राजतन्त्र फर्काउन खोजेको उनीहरुको आरोप छ । यसै कारणले भारतको सत्तारुढ विजेपीको हिन्दुवादी संस्था आरएसएसले समेत विश्व हिन्दु महासंघलाई मान्यता दिन छाडेको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Collective
Primary Form Group Clash
Weapons None
Primary Cause Contestation over non-elective positions and influence
Actor 1 - Number of people 30
Actor 1 - Affiliations Hindu Religious Organization
Actor 1 - Youth unknown
Actor 2 - Number of people 30
Actor 2 - Affiliation Hindu Religious Organization
Actor 2 - Youth unknown
Total Injured 1
National/Online Media

0 Comments

Related Reports
Related Trend Analysis