Incident Reports

Bikalpa: Drunk police beat local

2016-10-04

Police officer, Dipendra Joshi beat Bharat Sarki who was going to his In-laws with wife and daughter on Tuesday at Dodhara Chandani. Sarki said that Joshi suddenly statrted beating him, accusing him of not wearing helmet. Sarki has submitted an application at Area Police Office, Dodhara Chadani demanding action against the police officer. मदिरा सेवन गरि मात्तिएका एक प्रहरी जवानले दोधारा चादनीमा एक स्थानीयलाई कुटेका छन् । इलाका प्रहरी कार्यालयमा कार्यरत प्रहरी जवान दिपेन्द्र जोशीले श्रीमती र छोरी सहित ससुराली जादै गरेका भारत सार्कीलाई मंगलबार राति ८ बजेतिर अम्भोजमा कुटेका हुन् । सोधपुछको क्रममा मदिराले मात्तिएका प्रहरी जवान दिपेन्द्र जोशीले अचानक आफुलाई कुटपिट गरेजो सार्कीले बताए । 'हेलमेट नलगाएको भन्दै कुट्यो'उनले भने । मदिरा नियन्त्रणको प्रचारबाजी गर्ने इलाका प्रहरी कार्यालय दोधारा चादनीका प्रहरी आफै मदिरामा मस्त हुने गरेका छन् । केहि दिन अघि दोधारा चादनीका बाबाथान बजारमा जवान जोशी मदिरा खाएर बाटोमा पल्टिंदै हिडेका स्थानीयहरुले बताएका छन् । कुटपिट गर्दै गर्दा स्थानीयहरुले कुटपिट रोक्दै प्रहरीको भ्यान घेरेका थिए । "प्रहरी आफै ड्युटीकोसमयमा मान्छे नचिन्ने गरी मदिरा सेवन गर्छ भने के शान्ति सुरक्षाको आशा राख्ने यस्ता प्रहरीमा ?" एक स्थानीयले भने । कुटपिटमा संग्लग्न प्रहरी जवान जोशी गाडीका चालक हुन् । उनलाई आमभोज सडकबाट प्रहरीले नियन्त्रणमा लिएको छ । सार्कीले आफुलाई बिना कारण गुण्डा शैलीमा कुटपिट गर्ने प्रहरी जवान दिपेन्द्र जोशीलाई कारवाही गर्न राति नै इलाका प्रहरी कार्यालय दोधारा चादनीमा निवेदन दिएका छन् । "प्रहरी जवान जोशी माथि कारवाही प्रक्रिया अघि बढाइएको छ" प्रहरीले भन्यो ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Police
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth unknown
Local Newspaper - Kanchanpur

0 Comments