Incident Reports

2 injured in Sunsari’s hotel shootout

2016-11-01

Province 1, Sunsari, Itahari

(Updated) Two persons were injured in a shootout at Bhojpure Hotel in Itahari Sub Metropolitan City-24 of Sunsari district at around 4 am this morning. Police identified the injured as the hotel owner Gangaman Rai and a lodger Torna Poudel of Dhankuta district. They were injured when another lodger of the hotel Rabindra Thapa of Khandbari fired a gun, Deputy Superintendent of Police (DSP) Naresh Raj Subedi said. Thapa had rented a room in the hotel yesterday, said police. Both the injured are undergoing treatment at the BP Koirala Institute of Health Sciences in Dharan. Meanwhile, police have launched a search to find Thapa, who fled the scene following the incident, DSP Subedi said. Police have recovered four used bullet shells from the site. Police suspect the shootout started after a brawl ensued from a dispute in playing card game. इटहरी उपमहानगरपालिका–२४ तरहरा चोकमा रहेको भोजपुरे होटलमा आज बिहान ४ बजेतिर एक युवकले गोली चलाउँदा दुई जना घाइते भएका छन् । हिजो होटलमा बस्न आएका सङ्खुवासभाको खाँदबारी निवासी रविन्द्र थापाले चलाएको गोली लागी होटल सञ्चालक गङ्गामान राई र सोही होटलमा एक महिनादेखि बस्दै आएका धनकुटा निवासी तोर्ण पौडेल घाइते भएको प्रहरी नायब उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए । घाइते दुवैको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारार्थ लगिएको र गोली चलाउने थापा फरार भएकाले उसको खोजतलास भइरहेको प्रहरी नायब उपरीक्षक सुवेदीले बताए । घटनास्थलबाट पड्किएको चारवटा गोलीको खोकासमेत प्रहरीले बरामद गरेको छ । रातभर जुवा, तास खेल्ने क्रममा झगडा हुँदा गोली चलेको हुनसक्ने प्रहरीको अनुमान छ । रासस Update......................................... पुरानो रिसइबी साँध्न धनकुटा चानुवाका खयर व्यापारी तोर्णबहादुर पौडेलमाथि दुई दिन अघि गोली प्रहार भएको प्रहरी अनुसन्धानबाट खुलेको छ। मंगवबार बिहान ३ः४५ बजे इटहरी–२४ तरहराको भोजपुरे होटलमा बास बसेका चानुवा–५ का ५१ बर्षीय पौडेलमाथि संखुवासभा वानाका काठ व्यापारी बद्री रिजालको योजनामा गोली प्रहार गरेको खुलेको हो। इलाका प्रहरी कार्यालय इटहरीले बिहीबार पत्रकार सम्मेलन गर्दै काठ व्यापारी रिजालकै योजनामा भोजपुर नेपालेडाँडा–९ का १७ वर्षीय मिसन भन्ने हरिप्रसाद बिष्टलाई पैसा दिएर गोली प्रहार भएको जनाएको हो। गोली प्रहार गर्ने विष्ट विराटनगरको गोग्राहा मावि कक्षा १० मा आफन्तको घरमा बसेर पढ्दै आएका युवक हुन्। तोर्णलाई गोली हान्नका लागि हरिले भारत जोगवनीका दलबल तिवारीसँग २० हजार रुपैयाँमा १४ राउण्ड गोलीसहित २ वटा म्याग्जिन खरिद गरेको खुलेको छ। दलवल जोगवनीका हार्डवेयर व्यापारी हुन्। व्यापारी रिजाल र पौडेलबीच काठ कारोबार गर्दा आर्थिक लेनदेन देखिएकाले गर्दा पुरानो रिसइबी रहेको इटहरीका डिएसपी नरेशराज सुवेदीले बताए। ‘बद्री र उनका बाबु दुवै जना काठ व्यापारी भएकोले गर्दा तोर्णसँग आर्थिक लेनदेन भएको देखिन्छ,’ उनले भने, ‘बद्रीले तोर्णलाई निसाना बनाउँदै आएकोमा दोस्रो प्रयासमा गोली हानेको खुलेको छ।’ यसअघि कात्तिक ३ गते पनि पौडेल भोजपुरे होटलमै बसेका बेला बद्री र हरिप्रसाद एक रात आएर बसेको खुलेको छ। त्यतिबेला पनि पौडेलमाथि गोली प्रहार गर्ने योजना रहेको खुलेको छ। ‘मंगलबार बिहान तोर्णलाई गोली प्रहार गर्नुअघि हरिप्रसाद र बद्रीबीच टेलिफोन सम्पर्क समेत भएको छ,’ डिएसपी सुवेदीले भने। तोर्णलाई गोली हान्नका लागि हरिले भारत जोगवनीका दलबल तिवारीसँग २० हजार रुपैयाँमा १४ राउण्ड गोलीसहित २ वटा म्याग्जिन खरिद गरेको खुलेको छ। दलवल जोगवनीका हार्डवेयर व्यापारी हुन्। हरिले व्यापारी दलवलबाट हतियार खरीद गरेपछि असोज २२ गते राति भोजपुरे नेपालेडाडाका प्रकाश खत्रीलाई पहिलोपटक गोली प्रहार गरेको पत्ता लागेको छ। प्रकाशलाई गोली प्रहार गर्नका लागि स्थानीय जीवन खत्रीले हरिलाई दस हजार रुपैयाँ पैसा दिएर प्रयोग गरेको खुलेको छ। प्रहरी अनुसन्धानबाट त्यहाँ गोली प्रहार गर्दा २ राउण्ड पड्काएका थिए। इटहरीको तरहरामा आएर खयर व्यापारी पौडेललाई गोली प्रहार गर्ने क्रममा होटल सञ्चालक जंगमान राईलाई समेत गोली हान्दा सात राउण्ड फायरिङ भएको प्रहरीले जनायो। खयर व्यापारी पौडेल तीन महिनादेखि होटलमै बस्दै आएकोमा मंगलबार बिहान गोली प्रहार गर्दा होटल सञ्चालक पनि हत्तपत्त दोस्रो तलाबाट तेस्रो तलामा चढ्दा उनीमाथि पनि गोली प्रहार भएको थियो। होटलको तेस्रो तलामा चारवटा कोठामध्ये एउटामा पौडेल र अर्को कोठामा गोली प्रहार गर्ने हरिप्रसाद बसेका थिए। गोली प्रहार गर्ने युवकले संखुवासभाको खाँदबारी—२ रवीन्द्र थापा भनेर परिचय लेखाएर बसेकोमा पौडेल सुतिरहेका बेला झ्यालबाट पहिलोपटक गोली प्रहार गरेका थिए। पहिलो पटकको गोली नलागेपछि दोस्रोपटक ढोकाको चेपबाट प्रहार गर्दा दाहिने पाखुरामा लागेको थियो। पौडेललाई गोली प्रहार गरेलगतै ती युवकले होटल सञ्चालक राईतर्फ पेस्तोल सोझ्याएर निसाना बनाएका थिए। उनले होटल सञ्चालकमाथि तीनपटक गोली प्रहार गरेका थिए । पौडेल र राईलाई गोली प्रहार गर्ने युवक हरिप्रसाद पछाडि पट्टिको भ¥याङ्बाट सजिलै भाग्न सफल भएका थिए। गोली लागेका दुवैको अवस्था अहिले सामान्य छ। उपचारपछि दुवै जना घर फर्किसकेका छन्। प्रहरीले गोली प्रहार गर्ने हरिप्रसादसहित तीन जनालाई पक्राउ गरी सार्वजनिक गरेको हो। पक्राउ पर्नेमा उदयपुरको त्रियुगा वडा नं. २ का २८ बर्षीय प्रशान्त कार्की र विराटनगर वडा नं. १७ का १७ बर्षीय अंकित कुमार छन्। प्रशान्तले हरिलाई मोटरसाइकलमा राखेर भगाउन र अंकित हतियार लुकाउन सहयोग गरेको प्रहरीले जनायो। पक्राउ पर्नेका साथबाट पेस्तोल एक थान, पेस्तोलमा लाग्ने म्याजिन २, लाइभ राउण्ड गोली ५, गोलीको सिसा ५, खोका ५ र एउटा छुरी बरामद गरिएको छ। तीनै जनालाई हातहतियार तथा खरखजना, संगठित अपराध र ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरिएको छ। घटनास्थलमा हरिप्रसादले मोबाइल छाडेर भागेकाले गर्दा त्यही आधारमा सहजै पक्राउ गर्न सफल भएको प्रहरीले जनायो।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Assault (small group)
Weapons Small arms
Primary Cause Unclear
Secondary Cause Personal issues (DO NOT USE ANYMORE!)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 2
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth unknown
Total Injured 2
National/Online Media , Police website , Local Newspaper - Morang

0 Comments

Related Reports
Related Trend Analysis