Incident Reports

Abducted trader reports to police

2016-10-27

Madhes, Mahottari, Gaushala

A trader who was abducted from Gaushala, Mahottari, two days ago came in contact of the police on Saturday. An unidentified group had abducted Sikindar Kumar Yadav from Sonama-1 while he was riding a motorcycle home from Parsadewad on Thursday night. He had contacted the Armed Police Force border outpost in Khayarbanni. Yadav, who has been secured by the police, said seven assailants had held him hostage at an undisclosed location blindfolded. Showing his swollen limbs, he said the abductors had chained and tortured him. The victim told the police that the assailants had robbed him of Rs15,000 and a cell phone. Yadav said the abductors had left him in a forest on Friday night and fled. The criminals are thought to have abandoned him as they could not take him to India due to tight security along the border. Nepali Police and the APF personnel were heavily mobilised soon after his abduction. (PR) दुई दिनदेखि बेपत्ता भएका गौशाला बजारका ब्यापारी सिकिन्दरकुमार यादव सम्पर्कमा आएका छन् । पर्सादेवाडस्थित ससुरालीबाट सोनमा–१ स्थित घर फर्कने क्रममा बिहीबार रातीदेखि सम्पर्कविहीन भएका उनी शनिबार बिहान खयरवन्नीस्थित सशस्त्र प्रहरीको बोर्डर आउट पोष्टको सम्पर्कमा आएका हुन् । अपहरण मुक्तपछि जिल्ला प्रहरीको संरक्षणमा रहेका यादवले आफु्ूलाई पर्सादेवाड र सोनमाको बीच बाटोबाट सात जनाको समूहले अपहरण गरी अज्ञातस्थलमा राखेको बताए । आपराधिक समूहले निर्घात कुटपिट गर्नुका साथै फलामे साङ्लोले बाँधेर यातना दिएको उनले बताए । यातनाले उनको हात खुट्टा र अनुहार सुन्निएका छन् । उनी थकित, त्रस्त देखिन्छन् । समूहले साथमा रहेको १५ हजार रुपैयाँ र एकथान मोबाईल लुट्नुका साथै उनका सरदारले मागे जति रकम नदिए ज्यान मार्ने धम्की दिएको सुनाए । ‘मलाई कहाँ राखेको थियो, थाहा भएन‘ उनले भने ‘तर भाषा र शब्द प्रयोगको आधारमा उनीहरु सीमापारीका मुस्लिम समुदाय हुनु पर्छ ।’ अपहरणकारीले यादवलाई भारतीय गाउँ लैजाने नसकेपछि सुनसान स्थानमा छाडी गएको बुझिएको छ । घटनाको जानकारीलगत्तै नेपाल प्रहरी र सशस्त्र प्रहरीका एसपीद्वय जनक भट्टराई र प्रकाश श्रेष्ठको टोलीले एरिया घेराबन्दी गरी खोजी कार्य तीव्र पारेपछि दबाबमा आएका समूहले दशगजा नजिकको क्षेत्रमा छाडी भागेपछि यादवको उद्धार गरिएको हो । शुक्रबार राती स्थान परिवर्तन गर्ने क्रममा अपहरणकारीले केही समय हिँडाएर आफूलाई बाटोमै छाडी लड्दैपड्दै भागेको यादवले जनाए । ‘त्यसपछि आँखाको पट्टी खोली हेर्दा सुनसान रातमा कहाँ छु थाहा भएन’ उनले घटनाक्रम सुनाए ‘खरघारी र परालका कुन्यूमा लुक्दै छिप्दै अगाडि बढ्दै जाँदा बिहान ६ बजेतिर खयरवन्नीको सशस्त्र क्याम्प देखेपछि अब मर्दिनँ भन्ने विश्वास जाग्यो ।’ प्रहरी निरीक्षक रविन्द्र खनालकाअनुसार घटनास्थलबाट यादव चढेको ज८प ५३८० नं. को मोटरसाईकल, दुई जोर चप्पल, प्लाष्टिकको पुरानो खेलौना पेस्तोललगायत सामान फेला परेको छ । यी सामानबाट घटना अन्वेषणमा सहयोग पुग्न सक्ने खनालले जनाए । अपहरणको आशंकामा प्रहरीले खोजी तीव्र पारे पनि अहिलेसम्म कोही पक्राउ नपरेको जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Abduction
Secondary Form Assault (small group)
Primary Cause Kidnapping for ransom
Actor 1 - Number of people 7
Actor 1 - Affiliations Criminal
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Injured 1
Total Abducted 1
National/Online Media

0 Comments