Incident Reports

ASI Thrashes Woman

2013-03-27

सुर्खेत । चैत १६ गते

घर बिदामा आएका प्रहरी असई भीमबहादुर रावतले रामघाट गाविस ३ की ३५ वर्षीया ललिता सुनारलाई ०६९ चैत १४ गते राति निर्घात कुटपिट गरेका छन् ।

सुनारका छोरा २२ वर्षीय शिवराज विकले रावतको भाञ्जी नाता पर्ने युवतीलाई अन्तरजातीय विवाह गरी भगाएकोमा तत्काल भाञ्जीलाई घरमा ल्याउनुपर्ने भनी कुटपिट गरेको पीडितको भनाइ छ ।

क्षेत्रीय अस्पताल सुर्खेतमा उपचार गराइरहेका पीडितले चोटको कारण छाती दुख्ने र कान नसुन्ने अवस्थामा पुगेको पनि बताइन् ।

शिखर उच्च मावि रामघाटमा कक्षा ११ मा अध्ययनरत शिवराजले रामघाट गाविस ५ की ठकुरी थरका युवतीलाई ०६९ चैत १३ गते भगाई लगेको भन्नेसम्म आफूहरूलाई जानकारी भएको पीडितकी नन्द सीता विकले बताइन् ।

घटना भएलगत्तै आफूहरूले प्रहरी चौकी रामघाटमा उजुरी दिएपनि सुनुवाइ नभएको सीताको भनाइ छ । पीडक असई फरार रहेका छन् । यसबारेमा जिल्ला प्रहरी कार्यालय सुर्खेतका इन्स्पेक्टर भीम भट्टराईले पीडकको खोजी भैरहेको बताए ।

दुर्गा थापा

Surkhet/March 29

Lalita Sunar, 35, of Ramghat3 has been severely beaten by Assistant Sub Inspector (ASI) Bhim Bahadur Rawat on March 27.

According to the victim, ASI Rawat who had come home on a leave, had beaten her asking her to return his niece who had married her son Shivaraj BK, 22.

She said that the beating has left her with chest pain and loss in hearing.

Sister-in-law of the victim, Sita BK said that the police took no action though they had filed a complaint at the Police Post Ramghat.

Inspector Bhim Bhattarai of the District Police Office Surkhet said that search for the accused was on.

Durga Thapa

0 Comments

Related Reports
Related Trend Analysis