Incident Reports

Assistant Head Constable Tortured, Transferred

2013-04-01

 

उदयपुर । चैत १९ गते

 

खोटाङ जिल्लाको सशस्त्र प्रहरी हलेसी गुल्म दिक्तेलका सहायक हवल्दार दशरथ शाहीलाई मादक पदार्थ सेवनगरी ड्यूटी गरेको भन्दै ०६९ चैत १३ गते सशस्त्र प्रहरीका इन्स्पेक्टर तिर्थराज न्यौपाने र असई मोहन थापाले कुटपिट गरी शारीरिक यातनासमेत दिएर सरुवा गरेका छन् । कुटपिटका कारण शाहीको अनुहार र दाहिने तिघ्रामा चोट लागेको छ ।

 

घाईतेका अनुसार ०६९ चैत १३ गते होली पर्वका दिन गुल्ममा मेसमा खाना खाने कार्यक्रम रहेको र खाना खानुभन्दा पहिले भएको ब्रिफिङमा होलीको दिनमा रमाइलो गर्नुपर्छ भनिएको र आफूले दिउँसो थोरै रक्सी पिएको उनले बताए । सोही दिन मादकपदार्थ सेवन गरेर आएका इन्स्पेक्टर न्यौपाने र असई थापाले पीडितलाई सर्वसाधारणको मोटरसाईकलको डियूटी गरेको भन्दै उनलाई गाली गरेका थिए ।

 

परिवारलाई समेत सम्पर्क गर्न नदिई तीन दिनसम्म हत्कडी लगाएर गुल्मामा राखिएको र साथीहरूले परिवारलाई सम्पर्क गरेपछि चैत १५ गते हत्कडी खोलेर कारबाहीका लागि सशस्त्र प्रहरीको पूर्व क्षेत्रीय कार्यालय पकली, सुनसरी पठाइएको शाहीका एक आफन्तले बताए ।

 

सशस्त्र प्रहरी हलेसी गुल्पति डिएसपी खेम थापाका अनुसार मार्दकपर्दाथ सेवन गर्न हुन्छ भनेर आदेश नदिइने भन्दै अनुशासन उल्लङ्घन गर्नेलाई विभागीय कारबाही गर्ने बाटो हुँदाहुँदै अन्य किसिमको यताना नदिइने उनले बताए । शाहीमाथि भएको यातनाको बारेमा अनभिज्ञता प्रकट गर्न खोज्दै डीएसपी थापाले यातना दिएको भए घटना दुःखदायी भएको बताए ।

 

कुशलबाबु बस्नेत

 

Udaypur/April 1

Dashrath Shahi, Assistant Head Constable at the Armed Police Force (APF) Halesi Battalion Diktel in Khotang has been transferred following torture by the APF Inspector Tirtha Raj Neupane and ASI Mohan Thapa on March 26.

 

The torture has left Shahi with injuries to his face and right thigh.

 

According to Shahi, he had consumed little amount of alcohol during the festival of Holi on March 26. Inspector Neupane and ASI Thapa in inebriated condition had beaten him accusing him of 'taking duty of a civilian's motorbike'.

 

A relative of Shahi said that he has handcuffed for three days in the battalion without allowing to make contacts with family. He was then transferred to the Eastern Regional Office Pakali in Sunsari on March 28 after his colleagues informed his family.

 

DSP Khem Thapa of the APF Battalion in Halesi said that they don't inflict torture as there is provision of departmental action against those violating discipline. Expressing ignorance on the torture inflicted upon Shahi, he said that the incident, if it had taken place, was sad.

Kushal Babu Basnet

0 Comments

Related Reports
Related Trend Analysis