Incident Reports

CPN-M captures Regmi and his kins' land

2013-04-02

बर्दिया । चैत २१ गते नेकपा-माओवादीका कार्यकर्ताले ०६९ चैत २१ गते विहान बर्दियाको खैरीचन्दनपुर गाविस-८ भगतपुरमा रहेको चुनावी मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीको जग्गा कब्जा गरिएको घोषणा गरेको छ । रेग्मीसँगै सोही ठाउँ जग्गा भई हाल काठमाण्डौ बस्दै आएका लक्ष्मीप्रसाद नेपालको छ विगाहा, उनकी पत्नी शारदा नेपालको नौ विगाहा, लक्ष्मीप्रसादकी जेठी छोरी तथा खिलराज रेग्मीकी पत्नी शान्ता रेग्मीको १० विगाहा र माइली छोरी कान्छी छोरीको नाममा रहेको १०-१० विगाहा गरी ४५ विगाहा जग्गा नेकपा-माओवादीका कार्यकर्ताले आफ्नो पार्टीको झण्डा गाडी कब्जा गरेको घोषणा गरेका हुन् । स्थानीय माधव निगमका अनुसार चुनावी मन्त्रिपरिषद्का अध्यक्ष रेग्मी लक्ष्मीप्रसाद नेपालका जेठी छोरी ज्वाई हुन् । माइतीले रेग्मीकी पत्नी शान्ता रेग्मीका नाममा दिएको जग्गा नेकपा-माओवादीका कार्यकर्ताले कब्जा गरेका हुन् । कब्जा गरिएको जग्गामा प्लाई बनाउन प्रयोग हुने काठ लहरे पिपल लगाइएको छ । नेकपा-माओवादी पार्टी बर्दियाका सेक्रेटरी द्रब्य शाह (सुमन) ले चुनावी मन्त्रिपरिषद्का अध्यक्ष रेग्मीको १० विगाहा, लक्ष्मीप्रसाद नेपाल र ४५ विगाहा, यूवराज ज्ञवालीको ६५ विगाहा गरी करीव १ सय २० विगाहा जग्गा कब्जा गरिएको बताए । जग्गा कब्जा पार्टीको पोलिटब्यूरो बैठकको निर्णय अनुसार नै कब्जा गरिएको जग्गा स्थानीय जोताहा किसानलाई जोतभोगको लागि वितरण गरिने पनि उनले बताए । यसैगरी शाहले शान्तिप्रक्रिया पछि जोताहा किसानहरूको हकअधिकारलाई बेवास्ता गरी जमिन्दारले जग्गा बिक्री गरेकोले ती कार्य रोक्न र प्रधानन्यायाधीशले चुनावी मन्त्रिपरिषद्को अध्यक्ष बनेर निर्दलीय निरंकुश शासन चलाएकोले आन्दोलनको रूपमा यस्तो कदम उठाउन बाध्य भएको जानकारी दिए । स्थानीयका अनुसार युवराज ज्ञवालीको १२ वर्षअघि मृत्यु भइसकेको छ । उनका नाममा रहेको जग्गा छोरा छोरीको नाममा रही त्यो पनि शान्ति प्रक्रिया अगाडि बढेसँगै बिक्रि भइसकेको छ । हाल नेकपा-माओवादीका कार्यकर्ताले युवराज ज्ञवालीको नभई उनको जग्गा किन्ने सर्वसाधारणको जग्गा कब्जा गरेका हुन् । मन्त्रिपरिषद्का अध्यक्ष रेग्मी, लक्ष्मीप्रसाद नेपाल र उनीका आफन्त साथै युवराज ज्ञवालीको जग्गा द्वन्द्वको समयमा पनि कब्जाका रहेको थियो । नेकपा-माओवादी पार्टीका कार्यकर्ताले गाडेको झण्डा प्रहरी चौकी खैरिचन्दनपुरका प्रहरीले निकालेर आफैसँग लगेको प्रहरीले बताएको छ । मानबहादुर चौधरी BARDIYA: Cadres of the CPN-Maoist captured more than 50 bigas of land including 12 bigas of land owned by Chairman of Interim Election Council Khil Raj Regmi here on the wee morning hours on Wednesday. Rest of the land captured by the Maoist is owned by Laxmi Prasad Upadhaya (father in-law) and Yubaraj Shama (maternal father in-law) of Chairman Regmi. DSP at the District Police Office, Bardiya Surendra KC said that the Maoist cadres hoisted a party flag and claimed that they seized the Chandrapur-6-based land owned by Chairman Regmi and the Khaire Chandrapur-8-based land of his father in-law and his maternal father in-law. “We have deployed numbers of police in the tensed area to avoid any untoward incident as soon as we were informed about the matter,” KC said.

0 Comments

Related Reports
Related Trend Analysis