Incident Reports

Child Labor Rescued

2013-04-04

Gandaki, Tanahun, Myagde

तनहुँ । चैत २२ गते होटलमा बालश्रमिकका रुपमा कार्यरत ढोरफिर्दी गाविस-६ खोरादीकी १३ वर्षीया बालिका सविता सुनारलाई ०६९ चैत २२ गते जिल्ला प्रहरी कार्यालय, महिला तथा बालबालिका कार्यालय र जिल्ला बालकल्याण समितिले उद्दार गरेको छ । छाङ गाविस-३ थर्पु बजार स्थित सविन मःम रेष्टुरेन्टमा श्रममा लाग्न बाध्य बनाइएकी उक्त बालिकालाई प्रहरी निरीक्षक दधिराम न्यौपानेको नेतृत्वमा गएको टोलीले विहीबार होटलबाटै उद्दार गरेको थियो । गत माघ २६ गतेदेखि ती बालिका उक्त होटलमा काममा थिइन् । आफुलाई मामाको छोरीले सो होटलमा काममा लगाइदिएको उनले बताईन् । ति बालिकालाई उक्त होटलमा जबरजस्ती काममा लगाएको बारेमा महिला मानवअधिकार रक्षक सञ्जाल तनहुँकी सदस्य कृष्णा केसीको सुचनाको आधारमा प्रहरी निरीक्षक न्यौपानको नेतृत्वमा बालिकालाई उद्धार गर्न टोली गएको थियो । बालिकालाई जिल्ला प्रहरी कार्यालयले बिहीबार नै घरेलु हिंसा पीडितहरूको सेवा केन्द्रको जिम्मा लगाएको जिल्ला प्रहरी कार्यालयकी महिला तथा बालबालिका सेवा केन्द्रकी विष्णु कार्कीले बताइन् । प्रकाशचन्द्र भट्टराई Tanahun/April 4

A team of the District Police Office (DPO), Women and Children Office and District Child Welfare Committee, on April 4, has rescued Sabita Sunar, 13, of Khoradi in Dhorphirdi6 from a hotel where she was working as a help.

 

The team led by Inspector Dhadhiram Neupane rescued the girl from the Sabin Momo Restaurant in Tharpu bazaar of Chhang3. The girl was working as a help in the hotel since two months.

 

The girl was rescued following information provided by Krishna KC, member of Human Rights Defender's Network Tanahu.

 

Bishnu Karki of the Women and Children Service Centre of the DPO said that the girl was handed over to the service center for victims of domestic violence.

Prakash Chandra Bhattarai

0 Comments