Incident Reports

Assaults Were Attempts to Murder: District Policen

2013-04-06

कैलाली । चैत २४ गते जिल्ला प्रहरी कार्यालय, कैलालीले वेलादेवीपुर गाविस-७ की ६० वर्षीया वृद्ध राजकुमारी राना र ६० वर्षीय बन्दी रानालाई बोक्सीको आरोपमा ज्यान मार्ने प्रयास भएको प्रहरीको अनुसन्धानबाट बुझिएको पत्रकार सम्मेलन गरी घटनाका बारेमा ०६९ चैत २४ गते तथ्य सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीको परिसरमा भएको पत्रकार सम्मेलनमा एसपी घनश्याम अर्यालले पीडित राजकुमारी र बन्दी रानालाई बोक्सी तथा बोक्साको आरोपमा मार्ने प्रयास गरेको भन्दै सोही गाविस-७ की २७ वर्षीय निरा राना, २५ का मुन्नी भन्ने रामसिंह राना, ३४ का धर्मसिंह राना, ३२ वर्षीय रामकुमारी रानाका विरुद्धमा कर्तव्य ज्यान उद्योगमा जाहेरी दर्ता भएको जनाएको छ । पीडक भनिएकी निरा रानाले आफू देउता हु भन्दै काँप्दै पीडित वृद्धको घरको ढोका ढक्याई राजकुमारी बोक्सी हो, गाउँ निकाला गर्नुपर्छ भन्दै चप्पल तथा बाल्टिन समेत हानी शरीरका विभिन्न संवेदनशील अङ्गहरूमा चोटपटक पुर्‍याउनुका साथै हात पछाडि बाँधेर लामो समयसम्म निर्वस्त्र स्थानीय भलामान्साको घरको आँगनमा सार्वजनिक रुपमा खडा गरेको बुझिएको एसपी अर्यालले पत्रकार सम्मेलनमा बताए । प्रहरीले घटनामा संग्लन चार जनामध्ये दुई जना निरा र रामकुमारीलाई गिरफ्तार गरेको छ भने दुई धर्म र रामसिंह फरार रहेको जनाएको छ । घटनाको प्रकृति हेर्दा मुलकी ऐन ज्यान सम्बन्धी महल १५ नम्बर बमोजिम ५ वर्षदेखि १२ वर्षको कैद सजायको माग राखी जिल्ला अदालतमा मुद्दा दर्ता गर्ने एसपी अर्यालले पत्रकार सम्मेलनमा जानकारी दिए । पीडित वृद्धको स्वास्थ्य उपचार सेती अञ्चल अस्पतालमा सामान्य उपचारपछि सुविधा सम्पन्न अस्पताल मेडिकल कलेज, कोहलपुर बाँकेमा भइरहेको छ । पीडितको उपचार खर्च लैङ्गकि हिंसा पीडित सहायता कोषबाट गरिने प्रमुख जिल्ला अधिकारी रामप्रसाद थपलियाले जानकारी दिए । सुरबहादुर परियार Kailali/April 6

Police have revealed on April 6 that the assaults on Raj Kumari Rana, 60, and Bandi Rana, 60, of Beladevipur7 on April 5 were attempts to murder them on charge of being witches.

 

SP Ghanshyam Aryal informed that case of attempt to murder has been registered against Nira Rana, 27, Ram Singh Rana alias Munni, 25, Dharma Singh Rana, 34 and Ram Kumari Rana, 32.

 

Aryal quoted the witnesses as saying that Nira had led the assault claiming herself being a deity with shoes and buckets and had made her stand in front of the community leader’s house for hours.

 

Police have arrested Nira and Ram Kumari while Dharma and Ram Singh remain absconded.

 

Police informed that they would register a case demanding jail term from 5 to 12 years for charge under number 15 of Chapter on Murder of General Code.

 

The injured are being treated at Medical College Teaching Hospital, Kohalpur in Banke and CDO Ram Prasad Thapaliya said that her treatment cost would be supported by Gender Violence Support Fund.

Sur Bahadur Pariyar

0 Comments

Related Reports
Related Trend Analysis