Incident Reports

Lantern rally taken in Gulmi against statute amend proposal

2016-12-04

Lumbini, Gulmi, Resunga

The United Struggle Committee carried out a lantern rally in Tamghas of Gulmi on Sunday evening as a part of the agitation against the decision to split state number 5. The rally was carried out to pressure the government to withdraw the amend proposal forwarded by the government seeking to split state number 5. सरकारले संविधान संशोधनमा ५ नम्बर प्रदेश पहाडी जिल्ला टुक्राएको विरोधमा गुल्मीमा मसाल जुलुससहित प्रदर्शन गरिएको छ । संशोधन प्रस्ताव तुरुन्त फिर्ता गराउन दबाब दिन भन्दै गुल्मीमा मसाल जुलुस प्रर्दशन भएको हो । संयुक्त आन्दोलन समितिको आयोजनामा सदरमुकाम तम्घास बजारमा मसाल जुलुस भएको हो । प्रदर्शनकारीले विभिन्न नाराबाजीसहित सरकारलाई तुरुन्त संशोधन फिर्ता गर्न आग्रह गरेका छन् । सरकारले जनभावना विपरित संविधान संशोधन प्रस्ताव ल्याएको उनीहरुको आरोप छ । संयुक्त आन्दोलन समितिले सोमबार तमघासमा जनसभा गर्ने भएको छ । जनसभामा विभिन्न गाविसका सर्वसाधारण उपस्थित गराउने तयारी सुरु भएको छ । आन्दोलनरत पक्षको अवरोधका कारण गुल्मीमा आइतबार सरकारी कार्यलयमा कामकाज ठप्प भएको छ । आन्दोलनरत उद्योग वाणिज्य संघ, स्थानीय राजनीतिक दल, विद्यार्थी संगठनलगायतले जिल्ला प्रशासन कार्यालय गुल्मी र जिल्ला विकास समितिको कार्यालयमा धर्ना दिएर कामकाज ठप्प पारेका हुन् । बन्दकर्ताले बन्दको समयमा सवारी चलाएको भन्दै गुल्मीको तम्घासबाट ९ वटा मोटरसाइकल नियन्त्रणमा लिएका छन् । बन्दको अवज्ञा गरेको भन्दै तम्घास बजारबाट मोटरसाइकल नियन्त्रणमा लिएको अनेरास्ववियु गुल्मीका सहसंयोजक शोभाखर गिरीले जानकारी दिए । बजार, पसल र उद्योग बन्द भए पनि गुल्मीका शैक्षिक संस्थामा भने प्रदर्शनकारीले कुनै अवरोध गरेका छ्रैनन् ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Demonstration
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people 100
Actor 1 - Affiliations Protesters/demonstrators
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Other state institutions
Actor 2 - Youth na
National/Online Media

0 Comments