Incident Reports

Man Tortured in Police Custody

2013-04-05

मोरङ । चैत २३ गते पथरी गाविस-५ का २९ वर्षीय डम्बरकुमार साँवा लिम्बूलाई ०६९ चैत २२ गते इलाका प्रहरी कार्यालय पथरी हिरासतमा प्रहरीले लाठी र बुटले प्रहार गरी गम्भीर घाइते बनाएको छ । कुटपिटबाट पीडितको दायाँ कान च्यातिएको, छाती, ढाड, घुँडालगायत शरीरका विभिन्न भागमा चोट र नीलडाम भएको चिकित्सकले बताए । उनको विराटनगरस्थित कोसी अञ्चल अस्पतालमा ०६९ चैत २३ गते उपचार तथा स्वास्थ्य परीक्षण भएको छ । अस्पतालले पीडितलाई अवस्था गम्भीर भएको भन्दै विराटनगरस्थित न्यूरो अस्पताल रिफर गरेको छ । पीडितलाई गाउँमा झगडा गरेको आरोपमा ०६९ चैत १८ गते प्रहरीले गिरफ्तार गरेको थियो । घटनासम्बन्धमा इलाका प्रहरी कार्यालय पथरीका प्रमुख केशव भट्टराईले सोधपुछका क्रममा सामान्य बल प्रयोग भएको बताए । पीडितलाई ०६९ चैत जिल्ला प्रशासन कार्यालयले सार्वजनिक अपराध ऐनअन्तर्गतको मुद्दामा सात हजार रुपियाँ धरौटीमा रिहा गर्ने आदेश दिएको छ । पीडित चैत २३ गते नै तोकिएको धरौटी राखेर रिहा भएका छन् । दीपेन नेउपाने Morang/April 5

Dambar Kumar Sanwa, 29, of Pathari5 has been left with serious injuries after being beaten by the police in custody on April 4.

 

The doctor involved in Sanwa’s treatment said that his ear drum of right ear was damaged and chest, back, knees bruised. He was treated at Koshi Zonal Hospital in Biratnagar on April 5 and has been referred to Neuro Hospital saying his condition was critical.

 

Pathari Area Police Office had arrested Sanwa on April 31 on charge his involvement in a clash in the village. Police station chief Keshav Bhattarai conceded using some force.

 

The District Administration Office had released him on the next day on the bond of Rs 7,000 for his charge under Public Offence Act and was freed on April 5 after depositing the money.

Dipen Neupane

0 Comments

Related Reports
Related Trend Analysis