Incident Reports

CPN-M Captures Land

2013-04-07

भोजपुर । चैत २५ गते नेकपा-माओवादी भोजपुरले जिल्लाका विभिन्न स्थानमा सशस्त्र द्वन्द्वपछि फिर्ता गरिएका घरजग्गा पुनः कब्जा गरेको घोषणा गरेको छ । नेकपा-माओवादीका कार्यकर्ताले ०६९ चैत २४ गते जिल्लाको दलगाउँ र मूलपानी गाविसमा सर्वसाधरणको घर जग्गामा झण्डा गाडेर कब्जा गरेको जनाएका हुन् । जिल्लाको दक्षिणी दलगाउँ गाविस-१ मा जग्गाको स्वामित्व कमाउनेलाई नै सुम्पनुपर्ने जनाउँदै दिब्यराज सुवेदी, धर्मप्रसाद सुवेदी र घमचन्द्र सुवेदीको जग्गा माओवादी कार्यकर्ताले पार्टीको झण्डा गाडेर कब्जा गरेको घोषणा गरेका हुन् । नेकपा-माओवादीका जिल्ला सेक्रेटरी चन्द्र बुढाथोकी 'शैलेस' को नेतृत्वमा गएको करिब १० जनाको समूहले सुवेदी परिवारको जग्गामा झण्डा गाडेर कब्जा गरेको जनाएका हुन् । सुवेदी परिवारको दलगाउँ गाविस-१, २, ३, ४ र ६ को घर जग्गा, ओख्रे गाविस-१ को जग्गा र कोट गाविस-७, ८ र ९ मा रहेको जग्गा कब्जा गरेको घोषणा गरेका हुन् । माओवादी कार्यकर्ताले मोहीहरूलाई भेला पारेर अबदेखि घर जग्गा पार्टीको नियन्त्रणमा रहेको जानकारी दिएको एक मोहीले बताए । नेकपा-माओवादीले कव्जा भनेको जग्गाको आम्दानी यसअघि एकिकृत माओवादीले लिँदै आएको थियो । सुवेदी परिवारको जग्गा २०५७ सालमा तत्कालिन खम्बुवान राष्ट्रिय मुक्ति मोर्चाले कब्जा गरेको थियो । खम्बुवान माओवादीमा विलय भएपछि उक्त जग्गाको आम्दानी एकिकृत माओवादीले लिँदै आएको थियो । सुवेदी परिवार हाल विराटनगर र काठमाडौमा बस्दै आएका छन् । त्यसैगरी चैत २४ गते नै माओवादी कार्यकर्ताले मूलपानी गाविसको दिङ्गला बजार निवासी बस्नेत र चापागाई परिवारको घर जग्गा कब्जा गरेको जनाएका छन् । संयुक्त जिल्ला जनसमितिका संयोजक मोहन किराँती र पुष्प चौलागाईसहितका माओवादी कार्यकर्ताले मुलपानी गाविसका निनु चापागाई, गायत्री चापागाई, नवराज चापागाई, टिका चापागाई, शान्तिबहादुर बस्नेत, महेन्द्र बस्नेत, डम्बरबहादुर बस्नेत र कोषबहादुर बस्नेतको घरमा पार्टीको झण्डा गाडेर कब्जाको घोषणा गरेका हुन् । नेकपा-माओवादी जिल्ला कमिटीले सामन्तीको घरजग्गा पार्टीको नियन्त्रणमा लिने निर्णय बमोजिम संयुक्त जिल्ला जनसमितिले ती घर जग्गा कब्जा गरेको संयोजक मोहन किराँतीले बताए । यसअघि चैत ५ गते माओवादीले केउरेनीपानी, मुलपानी र तुङ्गेछा गाविसमा रहेको षडानन्द सिताराम गुठीको ९३२ रोपनी जग्गा कब्जा गरेको बताएका थिए । माओवादी कार्यकर्ताले भोजपुरका प्रत्येक गाविस सचिवसँग १० हजारका दरले चन्दा पनि माग गरेका छन् । द्वन्द्वकालमा कब्जा सम्पत्ति पुनः माओवादीले धमाधम कब्जा गर्न थालेपछि द्वन्द्व समाप्तिपछि गाउँ फर्केका नागरिकहरू असुरक्षित महसुस गर्न थालेका छन् । यसैबीच दलगाउँ गाविसमा जिल्ला प्रशासन कार्यालयले प्रहरी टोली पठाएको छ । व्यक्तिको निजी सम्पत्तिमा झण्डा गाढेर कब्जा गर्न नपाइने जनाउँदै प्रमुख जिल्ला अधिकारी उद्धबबहादुर कब्जा भनिएका सबै स्थानबाट नेकपा-माओवादीको झण्डा हटाउन प्रहरीलाई निर्देशन दिएको बताए । ज्ञानेन्द्र खड्का Bhojpur/April 7 CPN-M has started recapturing the land returned after the armed conflict in various places of the district. CPN-M cadres captured land belonging to civilians in Dalgaun and Mulpani VDC on April 6. They announced capture of land belonging to Dibyaraj Subedi, Dharma Prasad Subedi and Ghamchandra Subedi in Dalgaun VDC-1 by planting flags. One of the tillers said that the CPN-M had informed the tillers that the land was in their control. UCPN-M had been taking profit from the land earlier. Similarly, the CPN-M announced capture of land belonging to Ninu CHapagain, Gayatri Chapagain, Nabaraj Chapagain, Tika Chapagain, Shanti Bahadur Basnet, Mahendra Basnet, Dambar Bahadur Basnet and Kosh Bahadur Basnet in Mulpani VDC on April 6. District coordinator of CPN-M Mohan Kiranti said that the land was captured following the decision of party's district committee to capture land belonging to landlords. Earlier, the CPN-M had captured 932 ropani of land belonging to Shadananda Sitaram Guthi in Keurepani, Mulpani and Tungecha VDC on March 18. The CPN-M cadres have also demanded 10,000 rupees from each VDC secretaries as donation. Meanwhile the District Administration Office has sent its team to Dalgaun VDC to remove the flags planted by CPN-M. Gyanendra Khadka

0 Comments

Related Reports
Related Trend Analysis