Incident Reports

Complaint of Gang Rape Lodged

2013-04-07

सुनसरी । चैत २६ गते सोनापुर गाविस-३ स्थित अरिहन्त मल्टी फार्इवर्स लिमिटेडमा कार्यरत एक बालिकामाथि सामूहिक बलात्कार गरेको आरोपमा पीडित परिवारले ०६९ चैत २५ गते इलाका प्रहरी कार्यालय इटहरीमा उजुरी दिएको छ । पकली गाविस-२ घर भई खनार बजारमा डेरा गरी बस्दै आएकी पीडितलाई ०६९ चैत २४ गते बेलुका ड्युटी जाने क्रममा एक समूहले बाटोबाट नियन्त्रणमा लिएर नजिकैको एक उखुबारीमा लगेर सामूहिक बलात्कार गरेको उजुरीमा उल्लेख छ । उजुरीका आधारमा प्रहरीले खनार गाविस-६ का २५ वर्षीय शिव सरदार र सोही ठाउँका ५१ वर्षीय लम्बु भनिने सतन सरदारलाई ०६९ चैत २५ गते गिरफ्तार गरेको खनार प्रहरी चौकीका इञ्चार्ज गिरीराज खडकाले बताए । उनीहरूलाई इलाका प्रहरी कार्यालय इटहरीमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ । सुकदेब चौधरी Sunsari/ April 8

A complaint of gang-rape has been lodged at Area Police Office, Itahari on April 7 by the family of a girl working in Arihanta Multi Fibers Limited at Sonapur3.

The complaint states that the girl who has been living in a rented room at Khanar Bazar was gang raped by a group near the sugarcane field while she was on her way to the work on April 6.

Based on the complaint, the police have arrested Shiva Sardar, 25, of Khanar6 and Satan Sardar alias Lambu of the same VDC on April 7 on suspicion of their involvement in the incident, according to the in-charge of Khanar police post Giri Raj Khadka. The investigation is underway, said police

Sukdev Chaudhary

0 Comments

Related Reports
Related Trend Analysis