Incident Reports

Reconciliation in journo-manhandeling case

2016-12-10

Police has managed to reconcile in a case of manhandeling journalist of Gaule Monthly's editor, 30-year-old Manoj Kumar Rai, alias Bhadragol Kirati by the followers of "Lovism" on Dec 10. A follower, Sanjiv Rai had lodged a complaint in District police Office against editor Rai claiming him of disseminating newspapers and pamphlets against the sentiment of Lovism. Rai, a resident of Solukhumbu-4, claimed that he was man-handled by Sanjiv Yongya along with other followers while distributing newspapers and a book authored by him. गाउँले मासिकका प्रधान सम्पादक ३० वर्षीय भद्रगोल किराती भनिने मनोज कुमार राईमाथि मङ्सिर २७ गते फिदिम बजारमा प्रेमवाद अनुयायीहरूले दुर्व्यवहार गरेको घटनामा प्रहरीले मिलापत्र गराएको छ । सोताङ गाविस-४ सोलुखुम्बु जिल्ला स्थायी ठेगाना भएका किराती अहिले काठमाडौँ बसेर पत्रकारिता गर्छन् । नेपाल पत्रकार महासङ्घका साधारण सदस्य रहेका किरातीले फिदिम नपा-१ का ३० वर्षीय सञ्जीय योङयासहित प्रेमवादका अनुयायीले आफूले लेखेको पुस्तक र सम्पादन गरेको पत्रिका वितरण गर्दै गर्दा खोस्नुका साथै दुर्व्यवहार गरेको आरोप लगाए । प्रेमवादको विरुद्धका पत्रपत्रिका र पर्चा बाँडेको भन्दै नियन्त्रणमा लिन प्रेमवादका अनुयायी सञ्जीव राईले किराती विरुद्ध जिल्ला प्रहरी कार्यालयमा निवेदन दिएपछि उनलाई दिउँसो प्रहरीले गिरफ्तार गरेको थियो । उनको सुरक्षाको लागि प्रहरी कार्यालयमा राखिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर विजय श्रेष्ठले बताए । प्रहरी कार्यालयमासमेत प्रेमवादका अनुयायीहरू आएर गालीगलौज गर्नुका साथै लातले प्रहार गरेको पीडितले बताए । दुवै पक्षलाई सम्वाद गराउने क्रममा आरोपित पक्षले हातपात गर्न खोजेपछि सहजीकरण गर्न नसकिएको मानव अधिकारकर्मी लेखनाथ खतिवडाले बताए । पत्रपत्रिकामा आएका विषयमा चित्त नबुझे कानुनी प्रक्रियामा जानुका सट्टा दुर्व्यवहार गर्नु अभिव्यक्ति स्वतन्त्रता माथिको प्रहार भएको नेपाल पत्रकार महासङ्घका अध्यक्ष लवदेव ढुङ्गानाले बताए । घटनालाई सामान्यिकरण गर्न दुवै पक्षलाई सम्झाई बुझाई गरेर छाडिएको इन्स्पेक्टर श्रेष्ठले बताए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Journalist/Media
Actor 2 - Youth noyouth
INSEC

0 Comments