Incident Reports

Rastriya Janamorcha demands withdrawal of statute amendment proposal

2016-12-11

Lumbini, Pyuthan, Mallarani

Cadres of Rastriya Janamorcha party have staged a protest assembly in district headquarter Khalanga on Sunday against the statute amendment proposal forwarded by the government. The party which had been opposing federalism since the very beginning demanded the government to withdraw the proposal. सरकारले संविधान संशोधन मार्फत टुक्र्याउन लागेको प्रदेश नम्वर पाँचको विरुद्धमा राष्ट्रिय जनमोर्चा प्यूठानले आइतवार सदरमुकाम खलंगामा विरोध सभा गरेको छ । शुरुदेखिनै संघीयताको विरोध गर्दै आइरहेको राजमोले तत्कालै संविधान संशोधन फिर्ता लिन माग गर्दै सभा गरेको हो । जिल्ला प्रशासन अगाडी आयोजित सभालाई सम्वोधन गर्दै राजमोका केन्द्रिय उपाध्यक्ष एवं सांसद् दुर्गा पौडेलले जनताको भावना विपरित संविधान संशोधन गर्न थालिएको बताइन । ‘सडकबाटै जनताको माग पुरा गर्नेछौँ',उनले भनिन्,‘हाम्रो पार्टीको स्पष्ट धारणा संघीयता हुनुहुँदैन भन्ने हो । त्यसैमाथी भारतको डिजाइनमा ल्याउन थालिएको कदमलाई असफल पारेरै छाड्नेछौँ ।' सैद्धान्तिक रुपमा आफूहरु संघीयताको विरोधी नभएको स्पष्ट पार्दै उनले नेपालमा संघीयता आवश्यक नरहेको औल्याइन । ‘हामी संघीयताको विरोधी नै हौँ',उनले भनिन्,‘मुलुक सुहाउँदो संघीयता हुनुपर्छ । हाम्रो जस्तो गरिव मुलुकले संघीयता थेग्न सक्दैन ।' नेपाल जस्तो सानो मूलुकलाई टुक्रा टुक्रा पार्न खोज्नु राष्ट्रघाती कदम भएको उनको भनाइ छ । संविधान संशोधन भन्दा कार्यन्वयनमा लाग्न उनले सकारलाई आग्रह गरिन् । सभालाई सम्वोधन गर्दै राजमोका केन्द्रिय सदस्य एवं जिल्ला अध्यक्ष कृष्ण बहादुर खडका, राप्ती लुम्विनी इनचार्ज एवं जिविस प्यूठानका पूर्व सभापति बोम बहादुर खत्री, जिल्ला सदस्य टिका बहादुर जि.सी. लगाएतले अखण्ड प्रदेश नम्वर ५ को विरुद्धमा पार्टी कटिवद्ध भएर लाग्ने उद्घोष गरेका छन् । यसैविच, संविधान संशोधनको विरुद्धमा संयूक्त संघर्ष समिति प्यूठानले आइतवार जिल्लाभर एक घण्टा चक्काजाम गरेको छ । चक्काजामपछि बाग्दुलामा कोणसभामा बोल्ने बक्ताहरुले संशोधन फिर्ता नलिँदासम्म आन्दोलन नरोकिने बताएका छन् । ‘आन्दोलनमा जनताको साथ छ',नेकपा एमाले प्यूठानका अध्यक्ष तुल्सीराम शर्माले भने,‘सरकार जनताको मागप्रति गैर जिम्मेवार बनिरहेको छ । सडकबाटै माग पुरा गरिछाड्नेछौँ ।' सत्तापक्ष र विपक्ष सहित जिल्लामा क्रियाशिल सवै दलहरुले दुई सातादेखि आन्दोलन जारी राखेका छन् । संघर्ष समितिले सोमवार जिल्ला प्रशासन कार्यालय घेराउ गर्ने जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Demonstration
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people 100
Actor 1 - Affiliations Other/multiple/unspecified political affiliation
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Other state institutions
Actor 2 - Youth na
National/Online Media

0 Comments