Incident Reports

Sudhur Khabar: Chief of Janajyoti Campus Mahendranagar beaten

2016-12-17

Campus Chief of Janajyoti Campus, Mahendranagar, Bholanath Sharma has reportedly been assaulted only two days after assuming the position. He was beaten inside the campus on Saturday by some members of the management committee of the campus. Sharma accused former chief of the campus, Khemlal Ghimire of beating him. Sharma was taken to Mahakali Zonal Hospital for treatment. According to the hospital source, Sharma had sustained injuries on his head, nose and left hand. The ex-campus chief, Khemlal Ghimire however, denied beating Sharma. He said that only a minor dispute had occurred and there had been no assault on Sharma. क्याम्पस प्रमुख भएकै दुई दिनमा जनज्योती क्याम्पस महेन्द्रनगरका क्याम्पस प्रमुख कुटिएका छन् । जनज्योती क्याम्पसका प्रमुख भोलानाथ शर्मा क्याम्पस प्रमुखकै जिम्मेवारी पाएकै दोस्रो दिन कुटिएका छन् । क्याम्पस प्रमुख शार्मामाथि शनिबार क्याम्पसमै कुटपिट गरिएको छ । संचालक समितिले पुष १ गतेदेखि लागुहुने गरी शर्मालाई प्रमुखको जिम्मेवारी दिएकै दोस्रो दिन् उनीमाथि क्याम्पस संचालक समितिका केही पदाधिकारीहरुले कुटपिट गरेको शर्माले बताए। जनज्योती क्याम्पसका संस्थापक समेत रहेका शर्मालाई पूर्व क्याम्पस प्रमुख खेमलाल घिमिरेले कुटपिट गरेको शर्माले आरोप लगाएका छन् । कुटपिटबाट घाइते शर्माको शनिबारै दिउँसो महाकाली अञ्चल अस्पतालमा उपचार गरिएको छ । महाकाली ईमरजेन्सी स्रोतका अनुसार शर्माको बायाँहात, नाकबाट रगत आएको, टाउको सुनिएको थियो । शनिबार संचालक समितिको बैठकमा गाली गर्दै शर्मा आफै पटकिएपछि सामान्य धकेलाधकेल भएको पुर्व क्याम्पस प्रमुख खेमलाल घिमिरेले बताए उनका अनुसार शर्माले क्याम्पसबाट १७ लाख पेश्की र १३ लाख ॠण लिएको विषयमा पारदर्शी बनाउ भन्ने विषयमा छलफल हुदाँ प्रमुख आफै पडकिए आक्रमण गर्दा प्रतिकार गर्दै उनलाई कसैले पनि कुटपिट गरेको हो । पूर्व क्याम्पस प्रमुख घिमिरेले शर्मा स्वघोषित क्याम्पस प्रमुख बनेको आरोप लगाएका छन् । '९ जना संचालक समितिका सदस्य मध्ये ४ जनाको सहमतीमा मात्रै उनी स्वघोषित क्याम्पस प्रमुख बनेका हुन् ।' घिमिरेले भने 'हामीहरु कसैले पनि उनीमाथि हात छाडेका छैनौं ।' भनाभन भएको स्वीकार गर्दै घिमिरेले यो सामान्य विषयमा क्याम्पस भित्रै मिलाउनुपर्नेमा शर्मालाई सुझाव दिए । 'हामी प्राध्यापकहरुको कुटपिट गर्ने हैसियत हुदैन ।' उनले भने 'प्राज्ञिक क्षेत्रमा यस्तो हुनै सक्दैन् ।' शर्मा प्रपोगान्डा मच्चाउन बाहिरबाहिर गईरहेको भन्दै समस्याको समाधान क्याम्पस भित्रै खोज्नुपर्नेमा जोडदिए । उनले भने 'यस विषयमा आज क्याम्पसमा बिहान बैठक बसालेर समस्या समाधान गर्न लागेका छौ। आफुमाथि क्याम्पसमै कुटपिट भएको भन्दै कुटपिट गर्ने विरुद्द शर्माले जिल्ला प्रहरी कार्यालय र वडामा धाएका छन् । जिल्लाले कुटपिटको मुद्धा हामीले नहेर्ने र अदालतले हेर्ने भएकाले सार्वजनिक ल्याउन सुझाव दिए अनुसार शर्माले पुन: सार्वजनिक मुद्धा लिएर वडा गएका थिए । जिल्ला प्रहरी कार्यालय कन्चनपुरका प्रहरी प्रमुख प्रकाश बहादुर चन्दले प्राध्यापकहरुको कुटपिटको विषयलाई लिएर छानविन भईरहेको बताए।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Unclear
Actor 1 - Number of people 5
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Other state institutions
Actor 2 - Youth unknown
Total Injured 1
Local Newspaper - Kanchanpur

0 Comments