Incident Reports

Woman Files Complaint against Husband

2013-04-08

रौतहट । चैत २७ गते सिम्रा भवानीपुर गाविस-९ की २७ वर्षीया सुनितादेवी माझी मुसहरलाई पति ३० वर्षीय तेतर माझी मुसहर र सौता २५ वर्षीय पानमतियादेवी माझी मुसहरले ०६९ चैत २२ गते कुटपिट गरि घरनिकाला गरेको आरोपमा पीडितले ०६९ चैत २६ गते प्रहरी कार्यालयमा उजुरी दर्ता गराएकी छन् । पति तेतर माझीले १ वर्षअघि अर्को श्रीमती विवाह गरेपनि घरमा बस्दै आएकोमा चैत २२ गते बिहान घरबाट निकाला गरेकाले घरमा बस्ने वातावरण मिलाईदिन प्रहरी समक्ष आग्रह गरेकी छन् । जिल्ला प्रहरी कार्यालय, महिला तथा बालबालिका सेवा केन्द्र रौतहटका इन्चार्ज प्रहरी इन्सपेक्टर रुपा लाबुङ्ले पीडितको निवेदन दर्ता भएको र आरोपितहरूलाई प्रहरी मार्फत झिकाइएको र हाजिर भएपछि दुवैपक्ष राखी छलफल गराइने बताइन् । बिपिन गौतम Rautahat/April 9

Sunita Devi Majhi Musahar, 27, of Simra Bhawanipur9has filed a complaint at the police office on April 8, accusing her husband Tetar Majhi Musahar, 30, and his second wife, 25, Panmatiya Devi Majhi of beating her and expelling her from home on April 4.

 

Sunita has urged police to take steps to make environment conducive for her to stay in the house. Tetar had married Panmatiya as his second wife a year ago.

 

Insepctor Rupa Labung of the Women and Children Service Centre at the District Police Office said that the accused were summoned at the police office and discussion would be held by keeping both sides.

Bipeen Gautam

0 Comments

Related Reports
Related Trend Analysis