Incident Reports

Pabil: 3 people arrested in Dhading for beating up the principal | प्रधानाध्यापक कुटपिटमा संलग्न भएको आरोपमा धादिङ कटुञ्जेबाट तीनजना पक्राउ |

2016-12-25

Bagmati, Dhading, Netrawati, Ward 5

3 youths have been arrested by the police from Katunje, Dhading for beating up the principal of Mahendra Barahai Secondary School, Shankar Simkhada. The arrested have been identified as Shambhu Tamang, Saran Tamang, and Siwis Tamang, residents of Katunje VDC-8. DSP Dipendra Panjiyar of District Police said that the 3 were hiding in the village after the incident. The incident is currently being investigated. The 3 youths reportedly came to the principal's residence at around 11 am on Sunday night and knocked his door. As soon as he opened the door, they bashed him up. Injured Simkhada is currently being treated in Kathmandu. There are some deep cuts in his body. प्रहरीले प्रधानाध्यापक कुटपिटमा संलग्न भएको आरोपमा धादिङ कटुञ्जेबाट तीनजना पक्राउ गरेको छ । धादिङको कटुञ्जे गाउँ विकास समितिमा रहेको महेन्द्र बाराही माध्यामिक विद्यालयका प्रधानाध्यापक शंकरप्रसाद सिंखडामाथि कुटपिट गरी फरार रहेका तीन जनालाई प्रहरीले पक्राउ गरेको हो । प्रधानाध्यापक सिंखडालाई कुटपिट गरी फरार रहेका कटुञ्जे गाविस वडा नं. ८ का शम्भु तामाङ, सरण तामाङ र सिविस तामाङलाई मंगलबार प्रहरीले पक्राउ गरेको हो। पीडित पक्षले दिएको जाहेरीको आधारमा गाउँमै लुकिछिपी बसेका तीनै जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धादिङका डिएसपी दिपेन्द्र पञ्जियारले जानकारी दिए । पक्राउ परेकाहरुको विषयमा थप अनुसन्धान भइरहेको डिएसपी पञ्जियारले बताए । गुम्दी गाविस घर भई विद्यालय नजिकै एक घरमा डेरा गरी बसेका प्रधानाध्यापक सिंखडामाथी आइतबार राती सुतिरहेको बेला बाहिर बोलाएर आक्रमण भएको थियो । राती करिब ११ बजे ढोका खोल्न आग्रह गरेका थिए, त्यतिबेला ढोका खोलेर बाहिर निस्कन नभ्याउँदै सिंखडामाथी आक्रमण भएको प्रत्यक्षदर्शीहरुले बताएका छन् । कुटपिटबाट प्रधानाध्यापक सिंखडाको टाउको र शरीरका विभिन्न अंगहरुमा गम्भीर चोट लागेको छ । घाइते सिंखडाको अहिले काठमाण्डौंमा उपचार भइरहेको छ । प्रधानाध्यापक कुटपिट गर्नेहरुको पहिचान गरी तत्काल कारबाही गर्न माग गर्दै अभिभावकहरुले सोमबारदेखि नै विद्यालयको पठनपाठन बन्द गराएका छन्।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Unclear
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth unknown
Total Injured 1
National/Online Media

0 Comments