Incident Reports

GEFONT Chairperson Accuses Police of Assaulting Him | प्रहरीले कुटपिट गरेको जिफन्ट अध्यक्षको आरोप|

2013-04-10

Bagmati, Chitawan, Rapti

सुर्खेत । चैत २९ गते नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) सुर्खेतका अध्यक्ष तोरण विकले प्रहरी घरमै आएर आफूलाई दुर्व्यवहार गर्दै कुटपिट गरेको आरोप लगाएका छन् । उनले चैत २८ गते राती नौ बजे जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी निरीक्षक गौरव महतको नेतृत्वमा आएको प्रहरी टोलीले आफूमाथि कुटपिट गर्नुका साथै पत्नि तृप्तीमाथि दुर्व्यवहार गरेको बताए् । बिनाकारण प्रहरीले घरको ढोका फोडेर भित्र प्रवेश गरी कुटपिट गरेको उनको भनाइ छ । प्रहरीको कुटाइबाट विकको शरीरका विभिन्न भागमा नील डाम रहेको छ । विकको भाइ सानु विक र वीरेन्द्रनगर-५ का प्रकाश शाहीबीच स्थानीय पिपिरा चोकमा हात हालाहाल भएको थियो । घटनापछि प्रकाशले प्रहरीलाई खबर गरेका थिए । प्रहरी जबरजस्ती घरभित्र प्रवेश गर्न खोज्दा नेकपा एमाले जिल्ला कमिटी सदस्य समेत रहेका विकले बिना सूचना घर खानतलासी गर्न नमिल्ने भनी प्रतिकार गरेको लगत्तै प्रहरीले आफूलाई कुटपिट गरेको विकको आरोप छ । पत्नि तृप्ति विक र भाउजु सिता विकलाई समेत प्रहरीले हातपात गरेको विकले बताए । ३०/४० जनाको सख्यामा वर्दिधारी प्रहरीहरूले पत्निको कपडा समेत च्यातेर दुर्व्यवहार गरे' उनले भने, 'पत्निले पत्रकार बोलाउँछु भनेपछि मात्रै मलाई कुटपिट गर्न छोडे ।' उनका अनुसार राती नै प्रहरीले सानु विकलाई पनि कुटपिट गर्दै प्रहरीको गाडीमा लिएका थिए । यता जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी प्रमुख एसपी विश्वनिरञ्जन प्रधानले विक र उनको परिवारमाथि कुटपिट नगरेको दावी गरेका छन् । उनले सानु विकलाई गिरफ्तार गर्न उनको घरमा प्रहरी पुगेपनि कुटपिट नगरेको बताए । जनताको सुरक्षा गर्नु नै हाम्रो कर्तव्य हो' एसपी प्रधानले भने,त्यसैले कुटपिट गर्नुपर्ने कुनै कारण नै छैन ।' सानु विक आजै रिहा भए । दुर्गा थापा Surkhet/April 11

General Federation of Nepal Trade Unions (GEFONT) Surkhet Chairperson Toran BK has accused police of physically assaulting him at his home on April 10 evening.

 

According to him, a police team led by Inspector Gaurav Mahat arriving from District Police Office manhandled him and his wife Tripti after breaking the door. BK has bruises all over his body.

 

In the evening, BK’s brother Sanu BK and Prakash Shahi of Birendranagar Municipality had a clash at local Pipira Chok in the afternoon and Prakash had called the police. Police entered the house seeking Sanu. When BK protested demanding the warrant, they beat him up.

 

He added that the police left when his wife warned that she would call the journalist and took Sanu with them.

 

When asked, SP Bishwa Niranjan Pradhan denied the charge while accepting the police went at BK’s home to arrest Sanu. There was no need for us to beat him, SP Pradhan said. Sanu was released on April 11.

Durga Thapa

0 Comments

Related Reports
Related Trend Analysis