Incident Reports

No Wage for Four Years, Workers Agitate

2013-04-11

रूकुम । चैत २९ गते चार वर्षअघि काम गरेको ज्याला अहिले सम्म पनि नपाएको भन्दै जिल्लाको विजयश्वरी गाविसमा सञ्चालित चौहरजाहरी खानेपानी आयोजनामा काम गरेका मजदुरहरू आन्दोलनमा उत्रेका छन । दैनिक मजदुरी गरेर परिवार पाल्दै आएका मजदुरहरूले लामो समय सम्म पनि ज्याला नपाएपछि आक्रोशित हुँदै आन्दोलनमा उत्रिएको बताएका छन् । मजदुरहरूले आन्दोलनको लागि ११ सदस्यीय सङ्घर्ष समितिसमेत गठन गरेका छन् । काम गरेर खाने श्रमिकलाई ज्याला दिन आनाकानी भएको भन्दै ज्याला निकासा माग गदै भद्रबहादुर बुढाको संयोजकत्वमा विजयश्वरी चौहरजाहरी खानेपानी श्रमिक सङ्घर्ष समिति गठन गरिएको हो । आयोजनाको काम शुरूवातसँगै काम गरेको भएपनि अहिले सम्म ज्याला नपाएपछि सङ्घर्ष समिति गठन गर्नुपरेको कामदारहरूको भनाइ छ । सङ्घर्ष समितिमा आयोजनामा काम गर्ने श्रमिक तथा निर्माण सामग्री खरिदका लागि नगद ऋण सहयोग गर्नेहरूसमेत रहेका छन् । श्रमिकको ज्याला तथा नगद ऋण सहयोग गरी झण्डै १० लाख बराबरको रकम पाउन बाँकी रहेको संयोजक बुढाले बताए । शान्ति तथा पुनःनिर्माण मन्त्रालयको सहयोगमा चार बर्षअगाडि शुरू भएको उक्त खानेपानी आयोजना दलिय विवादका कारण निर्माण कार्यसमेत अलपत्र बन्दै गएको छ । पारिश्रमिकको माग गर्दै उनीहरूले तत्काल उक्त आयोजना सुचारू गर्न पहल गर्ने पनि जनाएका छन् । आदर्श के.सी Rukum/April 11

The workers involved in the construction of Chaurjahari Drinking Water Project in Bijayswari VDC had launched agitation after they were refused the payment of the work after four years.

 

The workers said they were forced to agitate as they were facing difficult situation as they had to rely on their daily wage.

 

The agitating workers have also constructed an 11-member struggle committee led by Bhadra Bahadur Budha.

 

They said they had not received any wages since the work began four years ago. Those who provided loan for purchase of construction materials are involved in the struggle committee. Budha said that nearly 1 million rupees in wage and loan was arrears.

 

The project was initiated with the support of the Ministry of Peace and Reconstruction but is getting neglected due to political disputes.

 

The agitating workers said that they would initiate steps to resume the construction work while continuing with the agitation.

Adarsha KC

0 Comments

Related Reports
Related Trend Analysis