Incident Reports

Vehicle Carrying Newspaper Set Ablaze

2013-04-13

काभ्रे । चैत ३१ गते धुलिखेल नपा-१ पकुचामा कान्तिपुर दैनिक पत्रिका बोकेको गाडीलाई नेपाल कम्युनिष्ट पार्टी माओवादी (क्रान्तिकारी) का कार्यकर्ताले ०६९ चैत ३१ गते विहान साढे ५ बजे पत्रिकासहित जलाएका छन् । घटनास्थलमा प्रहरीले फेला पारेको उक्त पार्टीका पूर्वी फर्मेशन २ नम्बर बटालियनका कमाण्डर राजेश अधिकारीद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा उक्त पार्टीको गतिविधिलाई ठूला भनिएका सञ्चारमाध्यमले स्थान नदिएको उल्लेख गरिएको छ । चैत ३१ गतेको मितिमा जारी गरिएको उक्त प्रेस विज्ञप्तिमा गएको चैत २३ गतेको नेपाल बन्दलगायतका आन्दोलनका कार्यक्रमलाई ठूला भनिएका सञ्चारमाध्यमले स्थान नदिएर असफल बनाएकाले यस्तो गरेको उल्लेख छ । विहान कान्तिपुर दैनिक पत्रिका बोकेर काभ्रेका विभिन्नस्थानमा पत्रिका वितरण गर्न गएको बा.९च. ६६५८ नम्बरको टाटा मोवाइललाई काभ्रेको साँगा नजिकैबाट नियन्त्रणमा लिइ पकुचामा लगेर जलाइएको गाडीका चालक लिलाबहादुर थापाले बताए । भक्तपुरको पलासेबाट ५ जना युवाहरूले गाडीलाई रोकेर त्यही गाडीमा बसी बनेपा-धुलिखेल लगायतका स्थानमा समेत पत्रिका नछोडी त्यहाँ लगेर जलाएको थापाले बताए । चालकको मोवाइलसमेत नियन्त्रणमा लिएर गाडी र पत्रिका जलाई सकेपछि चार ओटा मोटरसाइकलमा रहेकाहरूसँग उनीहरू फर्किएको चालकले बताए । घटनाको छानविन र पीडकहरूको खोजतलास भइरहेको प्रहरीले जनायो । भोजराज तिमल्सिना Kavre/April 13

The cadres of CPN-Maoist (Revolutionary) have set a van belonging to Kantipur Publications in Kavre district on fire on April 13 morning.

 

The van with the number plate Ba 9 Cha 6658 heading for Kavre from Kathmandu with April 13's edition of newspaper was torched at Takucha in DhulikhelN.P.1 at around 5.30 this morning.

 

The cadres had taken van driver Lila Bahadur Thapa under control from Palase of Bhaktapur. The van has been totally damaged in the inferno.

 

"Five men took control of the van from Palase, Bhaktapur and four men joined them in a motorcycle, they asked me to take them to the place they have said and threatened to take action if i ignore their demand," driver Thapa said.

 

After setting the van on fire, they handed over the pamphlets of CPN-Maoist (Revolutionary) signed by the group’s eastern formation second battalion commander Rajesh Adhikari. The pamphlet says that the action was initiated as it did not promote the party called Nepal banda on April 5.

Bhojraj Timalsina

0 Comments