Incident Reports

New Shristi Dainik: Federal Socialist Forum Nepal party office padlocked

2016-12-05

Province 1, Morang, Biratnagar

A group of women padlocked the office of Federal Socialist Forum party on Monday, December 5 demanding the withdrawal of FIR registered against Sushil Yadav, secretary of Federal Socialist Youth Forum Nepal, Morang, at police, accusing him of attempting to murder Mrityunjaya Jha, alternative central member of Federal Socialist Forum Nepal. The women claimed that Sushil Yadav is innocent and they would continue the padlocking until the FIR was withdrawn. संघीय समाजवादी फोरम नेपालका वैकल्पिक केन्द्रीय सदस्य मृत्युन्जय झा कुटपिट प्रकरणमा निर्दोषमाथि कर्तव्य तथा ज्यान मार्ने उधोगमा दायर किटानी जाहेरी फिर्ता लिनुपर्ने माग गर्दै सोमबार पार्टी कार्यालयमा तालाबन्दी गरिएको छ । विराटनगर - १८ जतुवाबाट आएको महिलाको समूहले पार्टी कार्यालयमा प्रदर्शन गर्दै तालाबन्दी गरे । महिलाहरुले संघीय समाजवादी युवा फोरम नेपाल मोरङका सचिव सुशिल यादव निर्दोष राहेकोले उनीमाथि दायर गरिएको कर्तव्य तथा ज्यान मार्ने उधोग सम्बन्धि किटानी जाहेरी पार्टीले फिर्ता नलिएसम्म तालाबन्दी नखोल्ने बताए । सोमबार पार्टी कार्यालय केन्द्रीय सदस्य जयराम यादव, मोरङ अध्यक्ष राजकुमार यादवलगायतका दर्जनौं नेताहरु जिल्ला अधिवेशन पूर्व भइरहेको वडा र गाउँ अधिवेशनको बारेमा छलफल गरिरहेको बेला महिलाहरुको समूह पार्टी कार्यालय प्रवेश गरेर तालाबन्दी गर्न खोजेपछि केही समय घमसाघमसी भए । त्यसका बाबजुद पनि महिलाहरुले तालाबन्दी गरेरै छाडे । तालाबन्दी गरिसकेपछि दिनभर पार्टी कार्यालयमा धर्ना दिदै महिलाहरुले निर्दोष युवा नेता यादवको किटानी जाहेरी फिर्ता लिन माग गरे । पार्टीका केन्द्रीय सदस्य झा मंसिर ११ गते पार्टीको मोरङ जिल्ला अधिवेशनको शिलशिलामा विराटनगर - १८ जतुवा पुगेको बेला मधेसी जनअधिकार फोरम नेपाल मोरङका पूर्व अध्यक्ष उमेशकुमार यादवको समूहले आक्रमण गरेको झा पक्षले आरोप लगाएको छ । झा की श्रीमति मिना झाले मंसिर १६ गते इलाका प्रहरी कार्यालय रानीमा उमेशकुमार यादव, सुशिल यादव, विसन यादव र लक्ष्मी यादव माथि कर्तव्य तथा ज्यान मार्ने उधोगमा किटानी जाहेरी दर्ता भएको हो। किटानी जाहेरी परेपछि मंसिर १९ सुशिल यादव इलाका प्रहरी कार्यालय रानीमा गएर आत्मसमर्पण गरेका थिए । संघीय समाजवादी फोरम नेपाल मोरङका अध्यक्ष राजकुमार यादव, केन्द्रीय सदस्य झा प्रकरणमा दोषी रहेकालाई कारवाही हुने बताए । उनले पार्टीभित्र देखिएको सानामसिना विवादले पुष ९ र १० गते हुन गइरहेको मोरङ जिल्ला अधिवेशनलाई फरक नपर्ने बताए ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Other political issues
Actor 1 - Number of people 30
Actor 1 - Affiliations Protesters/demonstrators
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Madhes-based Parties
Actor 2 - Youth na
Local Newspaper - Morang

0 Comments