Incident Reports

Teacher Remanded in Prison on Charge of Rape

2013-04-13

कास्की । चैत ३१ गते व्यास नपा-१ गल्वुवेशी घर भई हाल निर्मल उच्च मावि व्यास नपा-१ भादगाउँमा अध्यापन गर्ने शिक्षक ३२ वर्षीय जीवन लम्साललाई जिल्ला अदालत कास्कीले ०६९ चैत ३० गते पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ । शिक्षक लम्सालले दमौलीमा एसएलसी दिन बसेकी दिदीलाई सामान पुर्‍याउन दमौली आएकी १४ एक वर्षीया बालिकालाई ०६९ चैत ३ गते राती दमौली पुर्‍याइदिन्छु भन्दै छिपछिपेबाट पोखरा पुर्‍याई बलात्कार गरेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर रवीन्द्र पौडेलले बताए । जिल्ला प्रहरी कार्यालय तनहुँले उक्त बलात्कारको घटना पोखरामा भएको हुँदा अनुसन्धान गरी मुद्दा चलाउन पीडित, पीडक, अस्पतालको स्वास्थ्य परिक्षण प्रतिवेदन र घटना विवरण सबै चैत ५ गते जिल्ला प्रहरी कार्यालय कास्कीलाई पठाएको थियो । घटनाको बारेमा कास्की प्रहरीले थप अनुसन्धान गरी जबरजस्तीकरणी मुद्दा दायर गरी अदालत पेश गरेको थियो । सनबहादुर थापा Kaski/April 13

District Court Kaski has remanded Jeevan Lamsal, 32, of Galbubesi in ByasN.P.1 in prison on April 12.

 

Lamsal, a teacher at Nirmal Higher Secondary School at Bhadgaon in ByasN.P.1, has been accused of raping a 14-year-old girl in pretext of taking her to Damauli from her sister’s home.

 

Inspector Rabindra Paudel said that Lamsal had instead taken the girl to a Pokhara hotel where the girl was raped.

 

District Police Office Tanahun had sent the case to Kaski on March 19 as the incident occurred there where the case of rape was filed against Lamsal.

San Bahadur Thapa

0 Comments

Related Reports
Related Trend Analysis