Incident Reports

Parsa police arrest murder suspect

2017-01-08

Madhes, Parsa, Jagarnathpur

Parsa police have arrested an absconding murder suspect from Bijabaniya VDC-7 of Parsa district on Sunday. Brij Kishor Giri aka Giri Baba of Simara in Mahagadhimai Municipality of Bara was arrested from Ajay Giri’s house, where he was hiding, according to DSP Chakra Raj Joshi of the District Police Office. Giri has been accused of murdering two youth of Bara, who were found dead at a jungle, a week ago. While trying to arrest Giri, police had fired six rounds of air bullets. Meanwhile, Giri was shot in one of his legs and has been taken to a hospital in Chitwan, DSP Joshi added. A joint team of the Central Investigation Bureau, the Area Police Office and the District Police Office have reached the site for further investigation. हत्याको अभियोगमा फरार रहेका एक अभियुक्तलाई नियन्त्रणमा लिन प्रहरीले आइतबार बेलुका छ राउन्ड गोली चलाएको छ । बाराको गढीमाई नगरपालिका–८ निवासी २८ वर्षीय वृजकिशोर गिरीलाई नियन्त्रणमा लिने क्रममा पर्सा प्रहरीले गोली चलाउनुपरेको हो । दुई बालकको हत्याको अभियोगमा फरार रहेका गिरीलाई पर्साको विजबनिया गाविसको गढइया टोलबाट प्रहरीले नियन्त्रणमा लिन खोज्दा गिरीलाई भगाउन स्थानीयले प्रहरीमाथि आक्रमण गर्न थालेपछि स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले पेस्तोलबाट छ राउन्ड गोली चलाएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक चक्रराज जोशीले जानकारी दिए । उनले विजबनियाको गढइया टोल निवासी अजय गिरीको घरमा वृजकिशोर लुकी बसेको सूचनाका आधारमा केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी), अञ्चल प्रहरी कार्यालय नारायणी वीरगन्ज र जिल्ला प्रहरी कार्यालय पर्साको संयुक्त टोलीले छापामारी उनलाई नियन्त्रणमा लिन खोज्दा स्थानीयले प्रहरीमाथि ढुङ्गामुढा गर्न थालेपछि स्थितिलाई नियन्त्रणमा लिन गोली चलाउनुपरेकोे बताए । प्रहरीले चलाएको एक गोली अभियुक्त वृजकिशोर गिरीको बायाँ खुट्टामा लागेको प्रवक्ता जोशीले जानकारी दिए । प्रहरीले प्रहार गरेको गोली लागी घाइते भएका गिरीको वीरगन्जको नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Collective
Primary Form Group Clash
Weapons Small arms , Blunt weapon
Primary Cause Law and Order Violence
Actor 1 - Number of people 12
Actor 1 - Affiliations Police
Actor 1 - Youth unknown
Actor 2 - Number of people 200
Actor 2 - Affiliation Mob (only Perpetrator)
Actor 2 - Youth unknown
Total Injured 1
National/Online Media , Police website , Local Newspaper - Parsa

0 Comments

Related Reports
Related Trend Analysis