Incident Reports

Three Held On Charge of Youth's Abduction, Murder

2013-04-11

Madhes, Bara, Jitpur Simara

बारा । चैत ३० गते महिना अघि अपहरित वीरगञ्ज कुम्हाल टोलका १८ वर्षीय राजु प्रजापतिको अपहरणपछि हत्या गरेको आरोपमा प्रहरीले तीन जनालाई गिरफ्तार गरी २०६९ चैत २९ गते सार्वजनिक गरेको छ । प्रहरीकाअनुसार गिरफ्तारमा पर्नेहरूमा भारत घर भई बाराको नरही गाविसमा बस्दै आएका वर्ष ६९ को मङ्गल साह, कलैया नगरपालिका १ का अशोक गिरी, र भोडाहा गाविस- ८ का ४० वर्षीय सकलदेव ठाकुर छन् । मुख्य नाइकेसहित अन्य पाँच/छ जना फरार रहेको प्रहरीको भनाइ छ । प्रहरीकाअनुसार ०६९ असोज २१ ग्ते अपहरित प्रजापतिको शव बोरामा कसेर गाडेको अवस्थामा अमरपट्टटी गाविस - ५ को तियरखोलामा ०६९ मङ्सिर १३ गते फेला परेको थियो । वीरगंजको माइस्थानको कपडा पसलबाट घण्टाघर बोलाएर प्रजापतिलाई अपहरण गरिएको थियो । गिरफ्तार परेका तीनै जनाले फिरौती लिएको र हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनायो । उनीहरूले बयानमा स्वीकारेपछि प्रहरीले तिनै जनामाथि पीडित परिवारको जाहेरीको आधारमा शरीर बन्धक राखी हत्या गरेको आरोपमा मुद्दा दर्ता गरी थप अनुसन्धान सुरु गरिएको प्रहरी अनुसन्धान अधिकृत रामनाथ घिमिरेले बताए । उनलाई छुटाउन अपहरित परिवारले भारतीय अपहरणकारीलाई माग अनुसार घरजग्गा बेचेर १० लाख फिरौती बुझाइसकेका थिए । यता राजुका बुवा शम्भु प्रजापतिले प्रहरीको अनुसन्धानमा आफ्नो विश्वास रहेको बताए । अपहरणपछि उनको उद्धारका लागि प्रहरीले फोन लिंकको आधारमा सीमावारी र पारीका सबै सुरक्षा युनिटसित समन्वय गरी तालिम प्राप्त ट्रेगर कुकुर, प्राविधिक र अन्य संयन्त्र परिचालन गरेको थियो । लक्ष्मीसाह सोनार Bara/April 12

Police have, on April 11, made public three people who were arrested on charge of abduction and murder of a youth a month ago.

 

Mangal Sah, 69, of India and living in Narahi of Bara, Ashok Giri of KalaiyaN.P.1 and Sakal Dev Thakur, 40, of Bhodaha8 were accused of abducting and later killing Raju Prajapati, 18, of Kumhal Tole in Birgunj.

 

Police say another six persons including the mastermind of the crime remain at large. According to the police, Prajapati was abducted on October 7, 2012 and his body was found sealed in a jute sack and buried in Tiyarkhola of Amarpatti5 on November 28, 2012.

 

Prajapati was called at Ghantaghar from his textile shop and abducted. All the three arrested have confessed to taking a share of the ransom and also killing him.

 

Police have filed a case of hostage taking and murder following the FIR by the deceased’s family who had sold their house and paid Rs 1 million to the abductors as ransom.

 

Shambhu Prajapati, the father of the murdered youth, said that he had faith in the police investigation.

Laxmi Sah Sonar

0 Comments

Related Reports
Related Trend Analysis