Incident Reports

Two Expelled From Village for 'Illicit Relationship'

2013-04-12

Sudurpashchim, Achham, Panchadewal Binayak

अछाम । चैत ३० गते विनायक गाविस-१ की ४० वर्षीया रमिला धामी र सोही गाउँका २९ वर्षीय ध्वजबहादुर नेपालीबीचमा अनैतिक सम्बन्ध रहेको आरोपमा गाउँलेहरूले दुवैजनालाई ०६९ चैत २१ गते सामाजिक रुपमा बहिष्कार गर्दै गाउँनिकाला गरेका छन् । अनैतिक सम्बन्ध रहेको आरोपमा दुवै जनालाई धामीका आफन्तहरूले नियन्त्रणमा लिएर ०६९ चैत २० गते इलाका प्रहरी कार्यालय विनायकको जिम्मा लगाएको र ०६९ चैत २१ गते गाउँमै मिलाउँछौ भनेर प्रहरीबाट दुवैलाई बुझेर गाउँनिकाला गरेको बिनायक-१ कि स्थानीयबासिन्दा तथा नेकपा-माओवादीको जिल्ला सचिव मीना धामीले जानकारी दिइन् । पूर्व जिविस सदस्य दिलबहादुर धामी र टङ्क धामीको नेतृत्वमा रहेका गाउँलेहरूले अनैतिक सम्बन्धको आरोप लगाउँदै रमिलाका पति रामबहादुर धामीलाई पत्नि स्वीकार गर्ने भए गाउँलेहरूबाट अलग हुन दबाब दिएर कागज गर्दै गाउँनिकाला गरेको मीनाले बताइन् । गाउँलेहरूले निकाला गरेपछि ध्वजबहादुर अहिले सम्म घर नफर्केको र रमिलालाई भने पतिले ल्याएर घरमा राखेको ध्वजबहादुरका भतिजा भीमबहादुर नेपालीले जानकारी दिए । जिल्ला प्रहरी प्रमुख डिएसपी श्यामप्रसाद पौडेलले सुरुमा दुबै जनालाई प्रहरीको जिम्मा लगाइए पनि पछि गाउँमै मिल्छौँ भनेर गाउँलेहरूले लिएर गएको जानकारी दिए । त्यस पछिको घट्नाक्रम भने प्रहरीलाई जानकारी नभएको उनले बताए । शिवराज खत्री Achham/April 12

Ramila Dhami, 40, and Dhwaj Bahadur Nepali, 29, of Binayak1 who were expelled from the village on April 3 on charge of having illicit relationship, have been misbehaved.

 

A local and CPN-M district secretary Mina Dhami informed INSEC DR that they were held by Dhami’s relatives on April 2 and handed over to Binayak Area Police Office. She added they were released the next day after the villagers requested the police saying the issue would be settled in the village.  

 

The villagers led by former DDC member Dil Bahadur Dhami and Tanka Dhami accused Ramila of the affair and pressurized her husband Ram Bahadur to leave her.

 

Dhwaj Bahadur has not returned home after the incident while Ramila was brought back her husband.

 

DSP Shyam Prasad Paudel said that they had handed over the victims after the villagers said that they would compromise in the village adding the police did not follow up after that.

Shivaraj Khatri

0 Comments