Police said an Indian national was found dead at a canal near the Titepani suspension bridge in Pokhara on Wednesday.
Police identified the deceased as 36-year-old Sagar Ansari of Bihar in India, currently residing at Pokhara-17.
It has been learned that Ansari was living in Pokhara for past 23 years. He worked as a construction contractor in the area, informed police.
Meanwhile, the Kaski District Police Office spokesperson and DSP Khadag Bahadur Khatri said the deceased’s brother-in-law has filed an FIR claiming he was attacked by someone from the back.
The body had a deep cut on back of the head.
A preliminary police investigation revealed that he might have been murdered.
भारतीय नागरिक सागर अन्सारी पोखराको ड्यामसाईडस्थित तितेपानीमा मृत अवस्थामा फेला परेका छन् ।
भारतको बिहार घर भई हाल पोखरा १७ बराल फिड पछाडि बस्ने ३६ वर्षीय अन्सारीको शव तितेपानी झुलुङगो पुल नजिकै कुलोमा फेला परेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डिएसपी खड्कबहादुर खत्रीका अनुसार मृत अन्सारीको टाउकोको पछाडि भागमा गहिरो चोट लागेको छ । उनले अन्सारीको हत्या भएको हुनसक्ने प्रारम्भिक अनुसन्धानमा देखिएको बताए । कसैले पछाडिबाट हानेको हुन सक्ने डिएसपी खत्रीको भनाइ छ ।
पोखरामा ठेक्कापट्टा सम्बन्धी काम गर्दै आएका अन्सारी मृत फेला परेपछि उनका भिनाजुले किटानी जाहेरी दिएका छन् । जाहेरी प्राप्त भएसँगै अनुसन्धान तीव्र बनाइएको डिएसपी खड्काले बताए ।
update....................................
Police has arrested 25-year-old Dinesh Nepali of Kaski Lahachok-5, currently residing at Pokhara-17 and Mohan Rai,alias Mani Rai aged 34 of Solukhumbu, Juming-2 on charge of murder.
प्रहरीले हत्यामा संलग्न कास्की लाहाचोक-५ घर भइ हाल पोखरा-१७ बस्दै आएका वर्ष २५ का दिनेश नेपाली तथा सोलुखुम्बु जुमिंग-२ का वर्ष ३४ का मणिराई भन्ने मोहन राईलाई पक्राउ गरेको छ ।