Incident Reports

Adarsha Samaj: Students of Pokhara Multiple Campus stage agitation against Assistant Professor's misconduct

2017-01-08

Gandaki, Kaski, Pokhara Lekhnath

Undergraduate students of Pokhara Multiple Campus have been agitated by the misconduct by the Assistant Professor towards them in a football tournament regarding participation of students from the campus on January 8. According to students, the accused manhandled and verbally abused them as well as threatened to put them behind bars. Students also blame the accused of calling YCL cadres to beat them up. They have also demanded action against the accused. पोखरा नयाँँबजार स्थित पोखरा बहुमुखी क्याम्पस स्नातक तहका बिद्द्यार्थी आन्दोलित भएका छन। एउटै भवनमा पढाई हुँदै आएको महेन्द्र माविका सहायक प्रधानाध्यापक विकल पौडेलले क्याम्पसका विद्यार्थी कुट्न वाइ सि एल बोलाएको भन्दै उनीहरुले कारबाहीको माग पनि गरेका छन्। क्याम्पसमा विद्द्यार्थीले बुधवार पत्रकार सम्मेलन गरी घटना सम्बन्धमा जानकारी गराएका हुन्। विद्ध्यार्थीहरुले सहायक क्याम्पस प्रमुखको राजीनामा सहित सुरक्षाको प्रत्याभुती दिलाउन भन्दै उच्च मावि प्रशासन, क्याम्पस प्रशासन, जिल्ला प्रशासन कार्यालयमा निवेदन बुझाउने जनाएका छन्। विद्यार्थीका अनुसार गत पुष २४ गते आईतवार महेन्द्र उच्च माविले सोही भवनमा पठनपाठन हुने पोखरा बहुमुखी क्याम्पस समेतको सहभागीता रहने गरी अन्तरसंकाय सेभेन ए सइड फूटबल प्रतियोगिता गरेको थियो। तर रामघाटस्थित पुन समाजको मैदानमा सन्चालन हुने खेल खेल्न त्यहाँ पुग्दा कार्यक्रम सन्योजकसमेत रहेका सहायक प्रधानाद्यापक विकल पौडेलले पोखरा बहुमुखी क्याम्पसका स्नातक प्रथम वर्ष र दोस्रो वर्षका विद्यार्थीको टीमलाई खेल्नबाट रोके। विद्यार्थी सुवास शर्माले आफुहरुले खेल्न किन नपाएको भनेर सोध्दा प्रहरी बोलाएर थुनिदिने चेतावनी दिएको र अभद्र व्यवहार गरी अपशब्द प्रयोग गरेको आरोप लगाएका छन्। अखिल क्रान्तिकारीको नाममा बाहिरका बिद्द्यार्थीको टीमलाई खेल्नबाट रोके। बिद्द्यार्थी सुवास शर्माले आफुहरुले खेल्न किन नपाएको भनेर सोध्दा प्रहरी बोलाएर थुनिदिने चेतावनी दिएको र अभद्र व्यवहार गरी अपशब्द प्रयोग गरेको आरोप लगाएका छन्। अखिल क्रान्तिकारीको नाममा बाहिरका बिद्यार्थीले समेत धम्क्याएको उनको गुनासो छ। क्याम्पस र उच्च माविको भवन एउटै हुँदा परीक्षा सन्चालन तथा पढ्ने क्रममा पनि विवाद हुँदै आएको र उच्च मावी प्रशाननले क्याम्पसलाई लखेट्न विभिन्न बहनाबाजी गरेको आरोप विद्यार्थीको छ। विद्यालय प्रशासनको बारम्बारको गलत व्यवहारले पढाइमा बधा पुगेको ठहर गर्दै उनीहरुले खेल्न नपाएको बिषयमा वार्ता गर्न खोज्दा सहायक प्रधानाद्यापकले समय नदिएको शर्माले गुनासो गरे। वार्ता जसरी पनि गर्ने अडानमा बिद्यार्थी रहेपछी प्रधानाद्यापक रामदत्त पौडेलसहितको सहमतिमा मंगलवार बिहान वाइ सि एल कार्यकर्तालाई क्याम्पस गेटमा बोलाइएको विद्यार्थीले आरोप लगाए। 'गेटमा आएको समूहले आफूहरु वाइ सि एल भएको बताए। सहायक प्रधानाध्यापक विकल पौडेललाई हामीले नै त्यहाँ पुर्याएको भने'- शर्माले पत्रकारमाझ भने- 'उनीहरुले गेटमा लत्तीले हन्दै हामीलाई कुट्छौँ भने।' विद्यार्थीले सुरक्षाको माग गर्दै क्याम्पस प्रमुख सुनिल मर्सानीलाई ध्यानाकर्षण गराएका छन्। मर्सानीले आफूले सबै बुझ्ने बताउँदै विद्यार्थीको जिउज्यानको रक्षा गर्नु क्याम्पसको कर्तव्य भएको बताए। यस बिषयमा पौडेलद्वयलाई संपर्क गर्दा प्रधानआद्यापक रामदत्त पौडेलको फोन उठेन भने विकल पौडेल संपर्कमा आएनन् ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Threat/intimidation
Primary Cause Violence in school/university (violence by teachers, hazing, etc.)
Actor 1 - Number of people 10
Actor 1 - Affiliations CPN (Maoist Center) and affiliated org
Actor 1 - Entity CPNM-MC
Actor 1 - Youth unknown
Actor 2 - Number of people 30
Actor 2 - Affiliation (Target) Students
Actor 2 - Youth unknown
Local Newspaper - Kaski

0 Comments

Related Reports
Related Trend Analysis