Incident Reports

Man dead of apparent suicide

2017-01-24

Province 1, Morang, Biratnagar

A 55-year-old man was found hanging in suspicious circumstances at Biratnagar Sub-metropolis-4, Morang, on Tuesday. Radha Ghimire, a real estate trader, was found hanging from a ceiling fan in his residence at Himalitol, said police. There were deep cut injuries, apparently incised with blade, around his body. The victim’s relatives claimed that he was murdered. Ghimire was alone in his house since January 14. His wife had gone to Siliguri, India, for treatment. A retired civil servant, Ghimire was involved in real estate business for the past few years. Police said they have recovered a suicide note from the incident site. (PR) उपमहानगरपालिका–४ हिमाली टोलमा मंगलबार दिउँसो जग्गा कारोवारी राधा घिमिरेको विभत्स हत्या गरी पंखामा झुण्डिएको अवस्थामा शव फेला परेको छ । केहीदिनदेखि घरमा एक्लै बस्दै आएका घिमिरेको दुवै हात, खुट्टाका नसा र शरिरका विभिन्न ठाउँमा ब्लेडले काटेर सलले घाँटीमा बाँधेर पंखामा झुण्डिएको अवस्थामा प्रहरीले शव फेला पारेको हो । यो हत्यासहित पाँच महिनाको अवधीमा विराटनगरमा ६ जनाको विभत्स तवर हत्या भएको छ । स्थानीयवासीका अनुसार करिव ५५ वर्षका घिमिरेकी श्रीमती इन्दिरा उपचारकालागि माघ १ गते भारतको सिलिगुडी गएकी थिइन् । अष्ट्रेलीयाबाट एक महिनाअघि घर आएका छोरा सौरभ तीन दिनदेखि मधुमारास्थित ससुराली घरमा बसेका थिए । उनी बिहीबार पुन: अष्ट्रेलिया फर्कने तयारीमा थिए । घटनास्थलमा सुसाइड नोट भेटिएकाले आत्महत्या भएको प्रहरीको प्रारम्भीक अनुमान छ । मोरङका प्रहरी प्रमुख एसपी सन्दीप भण्डारीका अनुसार घटना स्थलमा फेलापरेको सुसाइड नोटमा परिवार प्रति वितृष्ण बढेको उल्लेख गरिएकाले प्रहरी आत्महत्या हो भन्ने प्रारम्भीक अनुसन्धानमा पुगेको हो । उनका अनुसार घटनाको थप अनुसन्धान भइरहेको र उक्त सुसाइड नोटको प्रमाणीकरणपछि घटनाको थप रहस्य खुल्न सक्छ । प्रहरीले फेला पारेको सुसाइड नोटमा परिवार प्रति तिव्र असन्तुष्टि पोखिएको पाइएको प्रहरीले बताएको छ । घिमिरे केही वर्ष पहिला निजामती सेवाबाट सेवा निवृत्त भएका थिए । त्यसपछि जग्गाको कारोबार गर्दै आएको उनका छिमेकीहरुको भनाई छ । दुवै हात खुट्टाका नसा र शरिरका विभिन्न स्थानमा ब्लेडले काटेर आफैं पासो लगाएर पंखामा झुण्डीने सम्भावना नरहने छिमेकीहरु दाबी गर्छन् । घटनास्थलमा भेला भएका उनका छिमेकीहरु घटना नियोजीत भएको बताउँछन् । ‘घरमा कोहीपनि थिएन । लास घरको पहिलो कोठामा फेला परेको छ । घरको सबै ढोका खुल्ला छन्,’ एक छिमेकीले भने, ‘कसैले हत्या गरेर भागेको हुनसक्छ ।’ घटनास्थलमा प्रहरीले काट्न प्रयोग गरिएका ब्लेड र हात धुन प्रयोग गरिएको पानी फेला पारेको छ । उनको लासको पोष्टमार्टम स्थानीय कोसी अञ्चल अस्पतालमा गरिएको छ । भदौ र असोजमा विराटनगरमा ५ युवाको विभत्स हत्या भएको थियो । भदौ अन्तिम सात उपमहानगरपालिका–१३ सिद्धार्थ टोलमा अक्सफोर्ड होस्टल सञ्चालक २१ वर्षीय विनोद यादवको आर्थिक लेनदेनको विवादमा उनकै साथीले टाउको, भुँडी र खुट्टा अलग–अलग बनाएर विभत्स हत्या गरेका थिए । त्यसलगत्तै मोरङको लेटाङ नगरपालिका–९ भालु गौडे बस्ने वर्ष १७ का सोनम गुरुङ र १५ वर्षीय दिपेन गुरुङको पनि उनकै साथीले छुरा प्रहार गरी विभत्स हत्या गरेका थिए । त्यसपछि उपमहानगरपालिका ५ का १९ वर्षीय अंकीत दाहालको सामूहिक हत्या भयो । उनको पनि धारीलो हतियारले घाँटी र भुँडी रेटेर हात र खुट्टा डोरीले बाँधेर नालामा फ्यालेको अवस्थामा प्रहरीले शव फेला पारेको थियो । उक्त घटना लगत्तै विराटनगर–५ का विपिन ढकालको पनि उनकै साथीले हत्या गरेका थिए । आर्थिक लालच, लागूऔषध र मदिरा सेवनका कारण पछिल्लोपटक मोरङमा हत्याका घटना बढ्दै गएको प्रहरीको निष्कर्ष छ । पछिल्लो पाँचैजना युवाको हत्या आर्थिक लालच, लागूऔषध र मदिरा सेवनका कारण भएको पुष्टी भएको पाइएको एसपी भण्डारीको भनाई छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Sharp weapon
Primary Cause Unclear
Actor 1 - Number of people NA
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Killed 1
National/Online Media , Local Newspaper - Morang

0 Comments