Incident Reports

Man shot at, Rs 200K robbed

2017-01-25

[Updated] In a broad daylight robbery, an armed group attacked an employee of micro-finance company near Karsiya in Morang and made off with nearly Rs 200,000 on Wednesday. Police said the armed group shot at Ghanshyam Bahardar in his left thigh before snatching the money. Bahardar was attacked as he was returning to office in Katahari after collecting the money from Dadar Bairiya. Police said they have arrested a suspect in connection to the incident. (PR) मोरङको सोराभागमा बुधबार जीवन विकास समाज लघुवित्तका कर्मचारीमाथि गोली प्रहार भएको छ । रंगेली नगरपालिका ११ का ३७ वर्षीय घनश्याम बहदारमाथि गोली प्रहार भएको इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरीक्षक संजीवबाबु खड्काले बताए । गोली प्रहारबाट घाइते बहदारलाई उपचारका लागि विराटनगर ल्याइएको छ । खुट्टामा गोली लागेका उनको अवस्था खतरामुक्त रहेको प्रहरीको भनाइ छ । बहदार जीवन विकास समाज नामक लघुवित्तमा पैसा संकलन गर्ने काम गर्ने गर्थे । लघुवित्तकै पैसा संकलन गर्नका लागि मोटरसाइकलमा कर्सिंया बजारतर्फ आउँदै गर्दा उनीमाथि मोटरसाइकलमा आएका दुई जनाले सोराभाग १ मा गोली प्रहार गरेको प्रहरी निरीक्षक खड्काले बताए । गोली प्रहार गर्ने एक जनालाई पक्राउ गरिए पनि नाम खुलिसकेको छैन । घटनामा संलग्न फराएक जनाको खोजी भइरहेको प्रहरीले बताएको छ। Update.... गोली प्रहार गरेर रु दुई लाख रकम लुटेको अभियोगमा पक्राउमा परेका एक जनालाई मोरङ प्रहरीले सार्वजनिक गरेको छ। मोरङ, कटहरी–४ बस्ने ३४ वर्षीय कात्तिक कामतलाई जिल्ला प्रहरी कार्यालयले पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको हो। जीवन विकास शाखा कर्सियाका सहायक फिल्डमा कार्यरत रङ्गेली–११ बस्ने ३७ वर्षीय घनश्याम बहरदार चढेको मोटरसाइकललाई गत माघ १२ गते विराटनगर–रङ्गेली सडकखण्डको दादरबेरियामा रोकेर लुटपाट गरिएको थियो। एक भारतीय नं. को मोटरसाइकलसमेत गरी दुई मोटरसाइकलमा आएका लुटेराको समूह सो रकम लुटेर फरार भएको थियो। घटनामा संलग्न अन्य लुटेराको खोजबिन भइरहेको प्रहरी उपरीक्षक सन्दीप भण्डारीले जानकारी दिए। पक्राउमा परेका कामत यसअघि जबर्जस्ती करणी मुद्दामा जिल्ला अदालत मोरङको आदेशमा २०७२ साल वैशाख ६ गते १० वर्षको सजाय भुक्तान गरी कारागारबाट मुक्त भएका थिए।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Small arms
Primary Cause Robbery/burglary/violent theft
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Injured 1
National/Online Media , Police website , Local Newspaper - Dhanusha , Local Newspaper - Jhapa , Local Newspaper - Saptari , Local Newspaper - Morang

0 Comments