Incident Reports

Five health workers injured in Birgunj demonstration

2017-01-25

Madhes, Parsa, Birgunj

Tension ran high at the Parsa District Public Health Office in Birgunj on Wednesday after police lathi-charged protesting health workers. Five persons were reported to be injured in the incident. More than 80 health assistants working at various health posts in the district were staging a demonstration in front of the DPHO demanding the implementation of the government’s decision to appoint the health assistants of 5th, 6th and 7th grades as chiefs of health posts in the district. The demonstration had begun around 25 days ago. However, the DPHO was adamant against implementing the decision under the pressure of some senior employees, the agitators claimed. According to Health Assistants Association member Shiva Mandal, police had brutally attacked them during a peaceful demonstration this morning. The injured are undergoing treatment at the Birgunj-based Narayani Regional Hospital, added Mandal. Earlier, it was reported that a meeting was held in presence of Mohammad Daud, Director at the Primary Health Care Revitalisation Division under the Department of Health Services, and the DPHO Chief Raj Kishor Pandit had assured the protesters of addressing their demands today. स्वास्थ्य चौकी प्रमुखको विषयलाई लिएर बिगत २५ दिन देखि आन्दोलन गरिरहेका पर्साका हेल्थ एसिष्टेन्टहरुमाथि प्रहरीले व्यापक दमन गरेको छ । श्रीपुर वडा प्रहरीका प्रहरी निरिक्षक ऋषिराज ढुंगानाको नेतृत्वमा आएका प्रहरीहरुले शान्तिपुर्ण आन्दोलनमा बसेका आन्दोलनकारीमाथि हस्तक्षेप गरेको हो । बिहान १० बजे धारणा दिन कार्यालय अगाडि जम्मा भएका आन्दोलनकारीहरुलाई प्रहरीले अश्लिल गाली गलौज गर्दै लाठी चार्ज गरेको हानका पर्सा सदस्य शिव मण्डलले बताए । लाठी चार्जबाट हेल्थ एसिष्टेन्ट संघ (हान) का पर्सा अध्यक्ष रबिन्द साह, सदस्यहरु नन्दराज शर्मा, सुनील कुर्मी, गोबिन्द कुमार र रितुराज शर्मा गरी पाँच जना आन्दोलनकारीहरु गम्भीर घाइते भइ नारायणी उपक्षेत्रिय अस्पतालमा भर्ना भएका छन् र शिव मण्डल, भगवती भट्ट, नबिना अधिकारी लगात एक दर्जन आन्दोलनकारीहरु घाइते भएको हानका सदस्य शिव मण्डलले बताए । मण्डलका अनुसार हिजो सोमबार स्वास्थ्य मन्त्रालय पुर्नजागरण महाशाखाका निर्देशक महम्द दाउदको विशेष उपस्थितीमा जिल्ला जनस्वास्थ्य कार्यालय पर्सामा वार्ता भएको र आज माग सम्बोधन भई आन्दोलन समाप्त हुने लगभग निश्चित भएको थियो साथै कार्यालयका प्रमुख राजकिशोर पण्डितसमेतले प्रतिबद्धता व्यक्त गरिसकेका थिए तर कार्यालयका खोप अधिकृत छठुलाल चौधरी र कार्यालयका जिम्मेबार व्यक्ति बालकिशोर यादवले बीचमा चलखेल गरि कार्यालयमा आउन रोकेको बताए । मण्डलले केही व्यक्तिहरुले माग पुरा हुन नदिन कार्यालय प्रमुखलगायत विभिन्न शक्ति केन्दहरुमा लविङ गरिरहेको आरोप लगाए । आन्दोलनमा हेल्थ एसिष्टेन्ट संघ नेपालका केन्दिय सदस्य अनिल कुमार यादव, हेल्थ एसिष्टेन्ट पर्साका उपाध्यक्ष सुनिल कुर्मी, सचिव राजु शाह, बिनु श्रेष्ठ, अप्सरा देबकोटा, संजीता ढकाल, बबिता साह, भगवती भट्ट, शर्मीला मल्ल लगायत ८० जनाभन्दा बढी हेल्थ एसिष्टेन्टहरुको उपस्थिती रहेको छ । पुष १७ गतेदेखि चरणबद्ध आन्दोलनमा उक्रेका पर्साका हेल्थ एसिष्टेन्टहरु माग पुरा नभएसम्म आन्दोलन जारी राख्ने संघका अध्यक्ष रबिन्द साहले बताए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Violence against civilians
Secondary Form Demonstration
Weapons Blunt weapon
Primary Cause Law and Order Violence
Secondary Cause Issues related to policies and regulations internal to the government bureaucracy (e.g. civil servants wages, work conditions and promotions)
Actor 1 - Number of people 12
Actor 1 - Affiliations Police
Actor 1 - Youth unknown
Actor 2 - Number of people 80
Actor 2 - Affiliation (Target) Health sector/health workers, doctors
Actor 2 - Youth na
Total Injured 5
National/Online Media , Local Newspaper - Parsa , Local Newspaper - Dhanusha , Local Newspaper - Saptari

0 Comments

Related Reports
Related Trend Analysis