Incident Reports

No translation available.

2013-04-17

काभ्रे । वैशाख ४ गते १५ वर्षीया बालिकालाई ०६९ चैत १३ गते सामूहिक बलात्कार गर्ने पीडकहरूलाई कारबाहीको दायरामा ल्याउन इन्सेकलगायतका आठ ओटा संस्थाहरूको एक टोलीले आज प्रधानमन्त्रीको कार्यालयमा ज्ञापनपत्र बुझाएका छन् । घटनामा संलग्नहरूको खोजी भइरहेको भनेर प्रहरीले बताए पनि अनुसन्धानमा सक्रियता नदेखिएको भनी प्रधानमन्त्री कार्यालयका लैङ्गिक हिंसा डेक्सका राजुमान सिं मल्ललाई ज्ञापनपत्र र तथ्य सङ्कलन प्रतिवेदन बुझाइएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मध्यमाञ्चल क्षेत्रीय कार्यालयका राजु पासवान, सिभिक्टकी निर्देशक जमुना पौड्याल, ओरेककी सरीता दाहाल, सिविसका कमलप्रसाद गुरागाईँलगायत मानवअधिकार संस्थाका प्रतिनिधिले प्रधानमन्त्रीको कार्यालय र गृहमन्त्रालयमा ज्ञापनपत्र दिएका हुन् । घटनाका विषयमा इन्सेक, सिभिक्ट, सिविस र ओरेकका प्रतिनिधि संलग्न एक टोलीले ०६९ चैत २२ गते घटनास्थलको स्थलगत अध्ययन गरी स्थलगत प्रतिवेदनसमेत सार्वजनिक गरिसकेको छ । पीडित बालिकालाई ०६९ चैत १५ गतेदेखि सुरक्षाका लागि अल्पकालीन महिला आश्रयस्थल (सेफ हाउस) धुलिखेलमा राखी पीडकहरूको खोजी भइरहेको प्रहरीको भनाइ छ । Kavre/April 17 Eight human rights organizations, including INSEC have urged the Office of the Prime Minister to take action against those involved in the gang-rape of a 15-year-old girl on March 26, 2013. Though police had been saying that search for the perpetrators was ongoing, the organizations submitted a memorandum and fact finding report to Rajuman Singh Malla of gender violence desk at the office of the PM stating that police was not active in the investigation. Raju Paswan of INSEC Mid regional Office, Jamuna Paudyal of CVICT, Sarita Dahal of WOREC, Kamal Prasad Guragain, among others also submitted the memorandum to Ministry of Home Affairs. A fact finding report was made public on the incident on April 4. According to police, the victim was kept at the Emergency Women's Safe House in Dhulikhel since March 28 and search for the rapists was on. Bhojraj Timalsina

0 Comments

Related Reports
Related Trend Analysis