Incident Reports

Land Captured By the CPN-M Cadres

2013-04-18

ओखलढुङ्गा । वैशाख ५ गते नेकपा-माओवादीका कार्यकताले ओखलढुङ्गाको हर्कपुर गाविस-३ मा उर्मिला खतिवडाको नाममा रहेको ६ रोपनी जग्गा पार्टीको झण्डा गाडेर कब्जा गरेका छन् । नेकपा माओवादीका जिल्ला सदस्य रेखराज राईले ६ रोपनी जग्गा वैशाख ३ गते कब्जा गरेको जानकारी दिए । स्थानीय नरबहादुर कटुवालले २०१४ सालदेखि ठेक्कामा भोगचलन गर्दै आएको जग्गा जग्गाधनी बुद्धिबहादुर घलेले जग्गा कमाउनलेलाई जानकारी नदिइ बेचविखन गरेपछि विवादित जग्गा माओवादीले कब्जा गरेको हो । जग्गा कमाउने नरबहादुर कटुवालको परिवारले जग्गामा आफ्नो मोहियानी हक लाग्ने दावी सहित जिल्ला प्रहरी कार्यालयमा उजुरी गरेको थियो । विवादित जग्गाका विषयमा ०७० वैशाख २ गतदेखि जिल्ला प्रहरी कार्यालयमा छलफल शुरु भएपछि माओवादी कार्यकर्ताले जग्गामा झण्डा गाडेर कब्जा भएको घोषणा गरेका हुन् । विवादित जग्गामा माओवादीले झण्डा गाडेपनि आधिकारिक प्रमाण नभेटिएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रहरी नायब उपरीक्षक गोविन्द अधिकारीले जानकारी दिए । शिवप्रसाद ढुङ्गाना Okhaldhunga/April 18 Six ropanis of land belonging to Urmila Khatiwada of Harkapur VDC-3 has been captured by the cadres of CPN-M on April 18. The district member of CPN-M, Rekh Raj Rai declared that the land was captured by them. The land which has been used by the local Nar Bahadur Katuwal since 1957 was sold by the landlord Budhi Bahadur Ghale without the consent of Katuwal. After that the disputed land was captured by the CPN-M cadres. Khatiwada lodged a complaint at District Police Office claiming his right on the land. The CPN-M cadres have put the flag in the land, however, there is no proof that the land was captured, Inspector Govinda Adhikari of District Police Office, Okhaldhunga stated. Shiva Prasad Dhungana

0 Comments

Related Reports
Related Trend Analysis