Incident Reports

NC, UML cadres clash; 1 hurt

2017-01-29

Province 1, Sunsari, Dharan

Dharan in-charge of the CPN-UML-affiliated Youth Association Nepal sustained critical injuries in a clash with the Nepali Congress activists in Dharan on Sunday night. YAN leader Dibas Rai sustained serious injuries in the incident, said police. A group led by NC activist Santosh BK allegedly assaulted Dibas with a Khukuri. Security personnel took the injured to BP Koirala Institute of Health Sciences as they found him lying on the street. Dibas has got deep cuts in his head, neck, shoulder, nose and right arm. According to police, the clash ensued when both the factions came together at Shivamarga to settle a dispute between two persons. Another person also sustained minor injuries in the clash. Police held BK for an investigation. धरानमा कांग्रेस समर्थक युवा र एमाले समर्थक युवावीच झडप भएको छ । आइतबार राति भएको झडपमा कांग्रेस महाधिवेशन प्रतिनिधि सन्तोष विकको समूहले खुकुरी प्रहार गरी एमालेको भातृसंगठन युवासंघका धरान इन्चार्ज दिवस राई गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । विकको समूहबाट आत्रमणमा परी घाइते भएर सडकमा मरणासन्न अवस्थामा लडिरहेको फेला परेपछि प्रहरीले उद्धार गरेर नजिकै रहेको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आकस्मिक कक्षमा पुर्‍याएका थिए । प्रहरीका अनुसार एकसाता अघि माघ १० गते बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान हाताभित्र रहेको टेक्सन फुड कर्नरमा सुमित तामाङ र मनोज लिम्बुबीच विवाद र भनाभन भएको । आइतबार राति साढे नौ बजे सोही विवाद मिलाउन दुई समूह धरान १८ बुद्धचोक नाजिकैको शिवमार्गस्थित तास घर अगाडि भेला भएकाबेला विकको समुहले खुकरी प्रहार गरी राईलाई घाइते बनाएका थिए । विक प्रहरीको नियन्त्रणमा रहेका छन् । घाइते राईको प्रतिष्ठानमा उपचार भइरहेको छ । उनको टाउको, घाँटी, कुम, नाक र दाइने हातमा खुकरी प्रहार भएको प्रहरीले जनाएको छ । राईसँगै घाइते भएका मिलन राईको अवस्था भने सामान्य रहेको प्रहरीले जनाएको छ । दुई युवाको आपसी विवादबारे छलफल गर्दा गर्दै राजनितिक दलीय ताकत देखाउने कुरा निस्केपछि आक्रमण गर्न युवाहरु उक्साहटमा पर्दा खुकुरी हानाहानमा पुगेको बताइएको छ । धरानमा एमाले निकट युवा समूह र कांग्रेस निकट युवा समुहवीच लामो समयदेखि बेला बेलामा झडप हुँदै आएको छ । दुई युवा समुहको ग्याङफाइटबारे अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय धरानका प्रमुख प्रहरी नायव उपरीक्षक (डिएसपी) ढकेन्द्र खतिवडाले बताए । उनले भने, ‘सन्तोष विक हाम्रो हिरासतमा रहे पनि अहिलेसम्म खकुरी प्रहार गरेर घाइते बनाएको जाहेरी आएको छैन । अव कस्तो जाहेरी आउँछ सोही अनुसार अनुसन्धान र कारवाही अगाडि बढाउछौं ।’
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Collective
Primary Form Group Clash
Weapons Sharp weapon
Primary Cause Other political issues
Actor 1 - Number of people 6
Actor 1 - Affiliations Nepali Congress and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people 3
Actor 2 - Affiliation UML and affiliated org
Actor 2 - Youth unknown
Total Injured 1
National/Online Media , Local Newspaper - Morang

0 Comments