Janakpurdham, Jan 25 - A traffic constable misbehaved and beat a citizen during vehicle checking at Janakpur. Traffic Police Constable, Surendra Prasad Yadav, beat and misbehaved with Rajesh Yadav of Sapahi-8, Dhanusha during the checking at North Bagwani on Wednesday.
When Rajesh Yadav was going for his daughter's treatment with his wife on a motorcycle, constable Surendra indicated them to stop. As the tractor was coming from the back, Rajesh stopped motorcycle a little ahead. Then constable Surendra aggressively snatched motorcycle key and slapped Yadav. The victim's lip was bleeding after being beaten by the Constable.
जनकपुरधाम, माघ १२ – जनकपुरमा एक ट्राफिक हवल्दारले सवारी चेकजाँचको क्रममा सर्वसाधारण माथि कुटपिटसंगै अभद्र व्यवहार गरेका छन् । जनकपुरको रामानन्दचोकदेखि उत्तर बागवानी अगाडी बुधबार चेकजाँच गर्ने क्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालय जनकपुरका ट्राफिक प्रहरी हवल्दार सुरेन्द्र प्रसाद यादवले धनुषा सपही-८ बस्ने राजेश यादव माथि हातपात र अभद्र व्यवहार गरेका हुन् ।
बुधबार विहान राजेश यादव मोटरसाइकलमा आफ्नी छोरीलाई उपचार गराउन श्रीमतीसंगै तीन जना मोटरसाइकलमा चढी जादै गर्दा ट्राफिक हवल्दार सुरेन्द्रले मोटरसाइकल रोक्न इसारा गरेका थिए । तर, पछाडिबाट ट्याक्टर आउदै गरेका कारण राजेशले केही अगाडी पुगि सडक छेउमा मोटरसाइकल रोक्दा प्रहरी हवल्दार सुरेन्द्रले आक्रमक रुपमा गएर मोटरसाइकलको साँचो खोस्दै मुखमा तीन-चार झापड हिर्काएको पिडित राजेशले दुखेसो पोखे । हवल्दार सुरेन्द्रको कुटपिटले राजेशको ओंठबाट रगत बगेको थियो ।