Incident Reports

Nepali Girl Rescued In India

2013-04-19

इलाम । वैशाख ६ गते विवाहको बहानामा भारत पुर्‍याएइएकी दाङ सिस्निया गाविस- २ की १९ वर्षीया गीता गौतम परियारको माइती नेपाल पशुपतिनगरले वैशाख ३ गते उद्दार गरेको छ । भारतको रेलिङ विजनबारीको पुलबजारस्थित एक घरमा लुकाइ राखेको अवस्थामा उद्दार गरेर वैशाख ४ गते गीताका पति प्रदीप परियारलाई जिम्मा लगाएको माइती नेपाल पशुपतिनगरका संयोजक होम ढकालले जानकारी दिएका छन् । काठमाडौँस्थित चाबहिलमा रहेको जुत्ता कारखानामा काम गर्दै आएकी गीतालाई सोही कारखानामा काम गर्ने भारत सिलुगढी घर भएका ४० वर्षीय ओसी आलमले विवाह गर्छु भनेर नेपाल कटाएको पाइएको संयोजक ढकालले बताए । एक महिना अघि पनि श्रीअन्तु गाविस- ५ का १२ वर्षीया लक्ष्मी दर्जी र १४ वर्षीया मुना दर्जीलाई भारतको सिलिगुढीबाट उद्दार गरिएको ढकालले जानकारी दिए । माइती नेपालले २०१३ जनवरीदेखि यता भारत हिँडेका २४ जना नेपाली महिलाहरूको उद्दार गरी अभिभावकको जिम्मा लगाएको छ । Ilam/ April 19

Geeta Gautam Pariyar, 19, of Sisniya2 in Dang, being taken to India in the pretext of marriage, has been rescued by Maiti Nepal at Pashupatinagar on April 16.

 

Pariyar was rescued from a house in Railing Bijanbari of India and was handed over to her husband Pradeep Pariyar on April 17, according to the Maiti Nepal coordinator Hom Dhakal. A worker at a shoe factory at Chabahil in Kathmandu, she was lured for marriage by Yoshi Alam, 40, of Silgudhi, India, Dhakal said. Adding two girls were rescued from India the previous month.  Maiti Nepal informed that since January 2013, it has rescued 24 Nepali citizens from India and handed them over to their parents.

Kokila Dhakal

0 Comments