Guardians of students of Bhumi Raj Primary school in Nawali,Baitadi resorted to fist fight following a dispute over the presidency of School Management Committee. However, the school has blamed outsiders for physically assaulting the guardians present in the program.
On January 31, the school had invited guardians of its students for selecting members in the School Management Committee. School Assistant Prem Singh Airi and one of the guardians, Bahadur Singh Airi, have been injured in the incident.
Police have arrested 5 people involved in the incident for further investigation.
जिल्लाको नवाली गाबिसमा रहेको भुमि राज प्राथमिक बिद्यालय बिटकममा बिद्यालय व्यवस्थापन समिति चयनमा विवाद हुदा अभिभाबक बीच कुटाकुट भएको छ। अध्यक्ष पदमा दाबेदार बीच कुटाकुट भएको बताय पनि बिद्यालयले भने गैरअभिभाबकले अभिभाबक माथि कुटपिट गरेको जनाएको छ। सोमबार दिउसो बिद्यालय व्यवस्थापन समिति चयनका लागि अभिभाबकको भेला बोलाइएको थियो। गैरअभिभाबक आएर बिद्यालयका कर्मचारी तथा अभिभाबक माथि कुटपिट गरे, बिद्यालयका शिक्षक कल्याण सिंहले भने। कुटपिटबाट बिद्यालयका कार्यालय सहयोगी प्रेम सिंह एरि र अभिभाबक बहादुर सिंह एरि घाइते भएका छन्। कुटपिटमा संलग्न जय सिंह एरि , शेर सिंह एरि , मोहन सिंह एरि , जय सिंह एरि र रमेश सिंह एरिलाइ प्रहरीले नियेंत्रणमा लिएको छन्। बिद्यालय व्यवस्थापन समिति चयनमा विवाद संगै कुटपिट भएपछि घाइते भएका र कुटपिटमा संलग्नलाइ सोधपुछका लागि नियेंत्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुखले बताए।