Office of head of campus and the main building of campus administration was padlocked by the Nepal Student Union saying that in the upcoming election of Free Student Union the issues important for the students of Tribhuwan University are not being considered.
They protested against the age limitation of 28 years made mandatory for the candidate who will be standing in the election.
If their demand is not fulfilled they will be going for more strict agitation.
आसन्न स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनलाई लिएर त्रिभुवन विश्वविद्यालय विद्यार्थीका आवश्यक मुद्दा बेवास्ता गरी मनोमानी ढंगले निर्वाचन गराउन खोजेको दावी गर्दै नेविसंघले पृथ्वीनारायण क्याम्पसमा क्याम्पस प्रमुखको कर्यकक्ष तथा क्याम्पस प्रशासनको मूल भवन तालाबन्दी गरेको छ ।
उमेदवारलाई २८ वर्ष उमेर हदबन्दी गरिएको विरोधमा तालाबन्दी गर्ने क्रममा नेविसंघका नेता पशुपति भट्टराई, नेविसंघ केन्द्रियसदस्य गूपल गुरुङ, नेविसंघ कास्कीका निवर्तमान सचिव विक्रम गिरी, विद्यार्थी नेता दिपक शर्मा वाग्ले, लक्ष्मण पहारी, बालकृष्ण सापकोटा, भोजबहादुर गुरुङ, सगर सापकोटा, विश्वास तिमिल्सिनालगायतका विद्यार्थी नेता सहभागी थिए। विद्यार्थी नेतृत्व गर्नेलाई उमेर हदमा बाधने र एक्कासी भर्ना प्रक्रियासमेतरोक्ने कदम नेविसंघले कदापि नस्वीकार्ने नेता पशुपति भट्टराईले जिकिर गरे। उनले आफ्नो माग सम्बोधन नभए कडाभन्दा कडा आन्दोलनमा उत्रिने चेतावनीसमेत दिएका छन् । नेविसंघको ११ औ महाधिवेसनमा सहमहामन्त्रीका प्रत्यासीसमेत रहेका भट्टराईले उक्त आन्दोलनलाई सशक्त र सफल बनाउन नेविसंघलागायत अन्य विद्यार्थी संगठनलाई समेत अपिल गरेका छन् ।