Incident Reports

Butwal acid attack victim dies; boyfriend held for probe

2017-02-05

Lumbini, Rupandehi, Butwal

A 27-year-old woman who had survived an acid attack from her boyfriend died in the course of treatment in Butwal on Monday. The Bhairahawa-based Rupandehi District Police Office confirmed that Tulasa Sapkota from Gaindakot of Nawalparasi died at around 12:30 pm today while undergoing treatment at the Butwal-based Lumbini Zonal Hospital. She was attacked with the acid by her alleged lover Sunil Koirala (28), a permanent resident of Naubise-1 of Dhading district, at a Butwal-based hotel last night. रुपन्देहीको बुटवलमा एक युवकले एसिड प्रहार गर्दा गम्भीर घाइते भएकी युवतीको उपचारको क्रममा मृत्यु भएको छ । नवलपरासी गैंडाकोट-५ की २७ वर्षीया तुलसा सापकोटाको उपचारका लागि काठमाडौं ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको हो । धादिङ नौबिसे-१ बस्ने २८ वर्षीय सुनिल कोइराला र नवलपरासी गैंडाकोट-५ की २७ वर्षीया तुलसा सापकोटा आइतबार बुटवल-६ स्थित मेरिडियन होटलमा बसेका थिए । सुनिल र तुलसा केही समयदेखि प्रेम सम्वन्धमा थिए । तर, तुलसाले आफूलाई छाडेर अकैलाई रोजेको भन्दै सुनिलले मध्यरातमा एसिड हाने । युवतीले सहयोग मागेपछि होटलका स्टाफहरुले सबै ढोका बन्द गरेर युवकलाई पक्राउ गरेका थिए । र, उनलाई प्रहरीको जिम्मा लगाइएको छ । इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी मुकुन्द मरासिनीका अनुसार युवकले एसिड हानेको स्वीकार गरेका छन् । आफूहरु केही वर्षदेखि प्रेममा रहेको र अहिले आफूलाई छाडेर अर्कैलाई रोजेपछि एसिड हानेको उनको बयान छ । तुलसाको अनुहार, टाउको र शरिरमा एसिड लागेको थियो । र, लुम्बिनी अञ्चल अस्पताल बुटवलमा उपचारका लागि लगिएको थियो । लुम्बिनी अञ्चल अस्पतालले भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेजमा रिफर गर्‍यो तर, त्यहाँ पनि उपचार सम्भव नभएपछि काठमाडौं बर्निङ सेन्टरमा रिफर गरिएको थियो । उनलार्इ काठमाडौं लैजाने क्रममा मृत्यु भएको डिएसपी बेलबहादुर पाण्डेले अनलाइनखबरलाई जानकारी दिए । प्रहरीले उक्त होटेलको कोठा नम्बर १०४ मा बसेकी सापकोटाकी सानीआमा काठमाडौं-७ चाबहिल बस्ने ४० वर्षीया देवी खरेललाई समेत नियन्त्रणमा लिएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Killed 1
Female Killed 1
National/Online Media , Police website , Local Newspaper - Palpa , Local Newspaper - Jhapa , Local Newspaper - Kanchanpur , Local Newspaper - Dhanusha , Local Newspaper - Rupandehi

0 Comments