Incident Reports

Missing Dhangadhi teenager found dead after six days

2017-02-09

Sudurpashchim, Kailali, Dhangadhi

A teenager, who was missing for six days, was found dead at Jageda of Dhangadhi Sub-Metropolitan City-12, on Tuesday. The 16-year-old Anjali Singh was found buried in a pit near her alleged lover Hikmat Singh’s house after being murdered, informed Kailali District Police Office Chief, Superintendent of Police Arjun Chand. According to police, Anjali was reportedly staying at Hikmat’s house and went missing on February 9. Following a disappearance report filed by the girl’s family, police found her body last night. Police have arrested Hikmat for further investigation. धनगढी उपमहानगरपालिका–१२, जुगेडामा एक युवकले श्रीमतीले अर्काको गर्भ बोकेको शंकाको आधारमा हत्या गरी खाल्डोमा पुरेको खुलेको छ। अञ्जलीका श्रीमान २२ वर्षीय हिम्मत सिंहले माघ २७ गते राति हत्या गरेर घर नजिकै खाल्डोमा गाडेको खुलेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक अर्जुन चन्द ठकुरीले बताए। माघ २८ गतेदेखि बेपत्ता जुगेडाकी १६ वर्षीया अञ्जली सिंहको शव मंगलबार खाल्डोमा गाडेको अवस्थामा प्रहरीले फेला पारेको थियो। अभियुक्त सिंहले बिहेअघि नै श्रीमतीको पेटमा अर्काको बच्चा रहेको शंकाको आधारमा हत्या गरेको स्वीकार गरे । गएको पुस ८ गते दुवै जनाले भागेर विवाह गरेका थिए। उनीहरुको विवाह दुवै पक्षका परिवारले पनि स्वीकार गरेका थिए। बिहे गरेको २ महिनासम्म पनि महिनावारी नभएपछि सोधेको र श्रीमतीले ४/५ महिनादेखि महिनावारी नभएको बताएपछि अर्काको गर्भ बोकेको भन्ने शंका लागेको उनले बताए। ‘वाक्वाकी गर्ने, वान्ता गर्ने गर्थी, लामो समयदेखि महिनावारीसमेत नभएको बताएपछि पेटमा गर्भ छ कि भन्ने शंका लाग्यो,’ उनले भने–३ महिनादेखि प्रेम थियो। विहेअघि शारीरिक सम्बन्ध भएको थिएन। त्यही भएर अर्काको गर्भ हो भन्ने शंका लाग्यो।’ तर पोष्टमार्टममा युवती गर्भवती नरहेकी पाइएको प्रहरीले जनाएको छ। उनले हत्या गर्ने आफ्नो पूर्वनिर्धारित योजना रहेको बताए। २७ गते राति मदिरा र लागू पदार्थ सेवन गरी घर गएको र सबै सुतिसकेपछि हत्या गरेको उनले बताएका छन्। घरमा सबै सुतिसकेपछि राति १ बजेतिर सुतेकी श्रीमतीको घाटीमा डोरीले कसेर मारेको उनले बताए। लासलाई कम्बलले छोपेर घरभन्दा केही टाढा लगेर खाल्डो खनेको र पछि लास लिएर खाल्डोमा पुरेको उनले बयान दिएका छन्। उनले घटनामा आफ्नो मात्रै संलग्नता रहेको बताएका छन्। त्यसअघि दुवै जनाबीच कुनै झैझगडा नरहेको बुझिएको प्रहरीले जनाएको छ । प्रहरीले हत्यामा प्रयोग भएको डोरी र खाल्डो खन्न प्रयोग गरेको फरुवा बरामद गरेको छ। आफन्तका अनुसार अञ्जली स्थानीय विद्यालयमा कक्षा ९ मा अध्ययनरत थिइन्। राति हत्या गरेर खाल्डोमा पुरेपछि अभियुक्त सिंहले दोश्रो दिन जुगेडास्थित प्रहरी चौकीमा श्रीमती हराएको भन्दै खोजीका लागि आफै उजुरीसमेत दिएका प्रहरी उपरीक्षक चन्दले बताए। युवतीकी आमा सरिता सिंहले माघ २८ गतेदेखि छोरी हराएकाले खोजीका लागि उजरी दिएपछि प्रहरीले शंकाका आधारमा हिम्मतलाई पक्राउ गरेको थियो। ‘शंकाको आधामा युवतीका श्रीमानलाई पक्राउ गरेका थियौं । अनुसन्धान गर्दै जाँदा उनले (हिम्मत) ले नै हत्या गरेको पत्ता लाग्यो,’ उनले भने, ‘घटनामा अन्यको संलग्नताबारे पनि अनुसन्धान भइरहेको छ।’ छोरी हराएको खबर पाएपछि भारतमा बस्दै आएकी अञ्जलीकी आमा घर आएकी थिइन्। करिब सात महिनाअघिमात्र उनका श्रीमानको भारतमा मृत्यु भएको थियो। उनले सबै परिवार मिलेर आफ्नी छोरीको हत्या गरेको बताएकी छन्। ‘छोरी हराएपछि सबै आफन्तकहाँ सोधीखोजी ग¥यौं। कहीं भेटिइन। लाश हेर्दा शरीरमा तातोपानीले पोलेको फोका देखिन्छन्,’ उनले भनिन्, ‘मेरी छोरी सोझी थिइ। परिवारका सबै मिलेर हत्या गरेछन् ।’ पोष्टमार्टमपछि बुधबार प्रहरीले शव आफन्तको जिम्मा लगाएको छ। जिल्ला प्रहरी कार्यालयले अभियुक्त सिंहलाई ८ दिन थुनामा राखेर अनुसन्धान गर्नका लागि जिल्ला अदालतबाट अनुमति लिएको छ। सिंहविरुद्ध कर्तव्य ज्यान मुद्दा चलाइने र उक्त मुद्दामा दोषी पाइए सर्वस्वसहित जन्मकैद हुने व्यवस्था रहेको प्रहरीले जनाएको छ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Unclear
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
Total Killed 1
Female Killed 1
Youth Killed 1
National/Online Media , Local Newspaper - Kailali , Local Newspaper - Saptari , Local Newspaper - Jhapa , Local Newspaper - Kanchanpur

0 Comments