Incident Reports

Ujyaalo: Student stage protest

2017-02-13

Student staged a protest demonstration demanding action against the rapist in Taulihawa. They have demanded a strong action against the culprit, who raped a girl and made the video viral on the internet last Wednesday. Police said that police have arrested two of the culprit and are searching for four other people in connection to the case. युवतीलाई सामूहिक बलात्कार गर्नेलाई कडा कारबाहीको माग गर्दै तौलिहवामा विद्यार्थीहरुले धर्ना तथा प्रदर्शन गरेका छन् । गएको बुधवार पकडी गाविस नजिकको एक खोला किनारमा एक युवतीलाई ६ जनाले बलात्कार गरेको भिडियो सार्वजनिक भए लगत्तै आन्दोलित भएका विद्यार्थीहरुले दोषी उपर कडा कारवाहीको माग गर्दै आएका छन् । तीन दिनभित्र दोषीलाई पक्राउ गरी कारवाही प्रक्रिया अघि नबढाए त्यसविरुद्ध कडा आन्दोलन गर्ने विद्यार्थी नेताहरुले चेतावनी दिएका छन् । घटनास्थल नजिकै पकडीमा पनि विद्यार्थीहरुले दोषी उपर कारवाहीको माग गरेका छन् । विद्यार्थीहरुको ज्ञापन पत्र बुझे लगत्तै स्थानीय प्रशासनले दोषीलाई कडा कारवाही हुने आश्वासन दिएको छ । प्रमुख जिल्ला अधिकारी विष्णु ढकालले घटनामा संलग्न रहेकालाई पक्राउ गरी कारवाही प्रक्रिया अघि बढाउन प्रहरीलाई निर्देशन गरि सकेको बताउनुभयो । प्रहरीले घटनामा संलग्न भएको आरोपमा पकडी गाविस–४ पिचुर्खीका एक जनालाई नियन्त्रणमा लिई अनुसन्धान प्रक्रिया अघि बढाएको छ । घटनामा संलग्न रहेको ५ जनाको पहिचान भै सकेको र एक जनाको पहिचान हुन बाँकी रहेको प्रहरी उपरीक्षक भोजजंग शाहले बताउनुभयो । बलात्कारमा परेकी युवतीलाई सामूहिक बलात्कार गरेको भिडियो सार्वजनिक भएपछि मात्रै गएको बुधबार भएको घटना सार्वजनिक भएको थियो । लगत्तै प्रहरीले घटनामा संलग्न रहेको आरोपमा दुई जनालाई पक्राउ गरेको र अन्य ४ जनाको खोजी गरिरहेको प्रहरीले जनाएको छ । यस्ता घटनाले जघन्य मानव अधिकार हननलाई प्रसय दिने हुँदा दोषी उपर कडा कारवाही हुनु पर्ने अधिकारकर्मी रवि ठाकुरले माग गरेका छन् । यसै बिच राष्ट्रिय मानव अधिकार आयोगको एक टोलीले दोषीलाई कारवाही गर्न भैरहेको प्रक्रियाको बारेमा अनुगमन गरिएको मधेस मानव अधिकार गृह बसन्त बंजाडेले बताउनुभयो ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Demonstration
Primary Cause Issues related to legal action and access to justice
Actor 1 - Number of people 50
Actor 1 - Affiliations Protesters/demonstrators
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments