Incident Reports

NayaPatrika: A businessman kidnapped

2017-02-16

Bagmati, Kathmandu, Kathmandu

Shyam Sundar Agarwal, a businessman of Newroad was kidnapped on Thursday. He was kept in a hotel in Sundhara and the kidnappers took NRs 9,00,000 as ransom and left him in the hotel room after taking the money. He was kept in a room for around 6 hours in Sunrise Guesthouse. The kidnappers took cheque of NRs 8,00,000 and cash of NRs 72,000. The kidnappers put a cloth in his mouth and locked him from outside. After they left, Agarwal banged the room from inside as a result of which people in the hotel heard the sound and came to rescue him. Metropolitan Crime Division have started investigating about the case. Police have arrested 2 kidnappers on Friday. Police arrested them when they were off to cash the cheque of NRs 8,00,000. Everybody, including the woman involved in the kidnapping have absconded. Agarwal, who is running a saree shop at Makhan already knew that woman. He went to meet her in the hotel. When he reached there, 3 people took him in control and started bargaining. Kidnapping via women has increased since quite some time now. Sindhuli's businessman Ramesh Kunwar was kidnapped and was kept in Maharajgunj. 2 people involved in the kidnapping were arrested and the woman including other members are yet to be arrested. Also, a businessman of Nepalgunj was kidnapped and a woman including 4 people involved in the kidnapping were arrested. For the first time, call detail, SMS detail and location detail were extracted by taking the permission of the court. Municipality Crime Division traced the details of 7 numbers. SP Prakash Jung Karki said that they had had to take permission from the court in order to trace those numbers. Court said that it was done stating the issue of privacy. Police knew about the kidnapping at 8:30 P.M. Investigation regarding the call detail should have happened immediately. But police gave the information only on Friday afternoon. Police have said that this decision of the court will be a boon for the kidnappers as they will get time to escape till the details of the calls are out. न्युरोडका व्यवसायी श्यामसुन्दर अग्रवाल बिहीबार अपहरणमा परेका छन् । सुन्धारास्थित एक होटेलमा बन्धक बनाई करिब नौ लाख रुपैयाँ फिरौती लिएर उनलाई कोठामै थुनेर अपहरणकारी भागेका छन् । युवतीमार्फत होटेलमा बोलाएर उनलाई अपहरण गरी बन्धक बनाइएको हो । सनराइज गेस्टहाउसमा करिब ६ घन्टा बन्धक व्यापारी अग्रवाललाई सुन्धाराको सनराइज गेस्टहाउसमा करिब ६ घन्टा बन्धक बनाइएको थियो । अपहरणकारीले उनीबाट ७२ हजार नगद र आठ लाख रुपैयाँको चेक लिएका थिए । मुखमा पट्टी बाँधी होटेलको कोठामा बाहिरबाट चुकुल लगाएर अपहरणकारी भागेको प्रहरीले जनाएको छ । अपहरणकारी भागेपछि व्यापारी अग्रवालले कोठामा भित्रबाट ढकढक गरेपछि होटेलका कर्मचारीले ढोका खोलेका थिए । त्यसवेला मुखमा पट्टी तथा हातखुट्टा बाँधेको अवस्थामा अग्रवाल भेटिएका थिए । महानगरीय अपराध महाशाखा, काठमाडौं परिसर तथा महानगरीय प्रहरी वृत्त जनसेवाले घटनाको अनुसन्धान सुरु गरेको छ । घटनामा संलग्नहरूको खोजी भइरहेको महाशाखाका प्रहरी उपरीक्षक प्रकाशजंग कार्कीले बताए । प्रहरीले अपहरणकारी समूहका दुईजनालाई शुक्रबार पक्राउ गरेको छ । अग्रवालबाट लिएको आठ लाख रुपैयाँको चेक साट्न जाने दुई युवकलाई प्रहरीले पक्राउ गरेको हो । अपहरणमा संलग्न युवतीसहित सबै फरार छन् । मखनमा सारी पसल चलाउँदै आएका अग्रवालको युवतीसँग भने पहिले नै चिनजान रहेको पक्राउ परेकाहरूले बताएका छन् । युवतीले भेट्न बोलाएपछि अग्रवाल होटेलमा गएका थिए । त्यहाँ रहेका तीन युवकले उनलाई नियन्त्रणमा लिई हातखुट्टा बाँधेर पैसाको बार्गेनिङ सुरु गरेका थिए । अग्रवालले तत्काल ७२ हजार र आठ लाख रुपैयाँको चेक दिएका थिए । केही समययता युवती परिचालन गरी अपहरणका घटना बढ्न थालेका छन् । गत ४ पुसमा सिन्धुलीका व्यवसायी रमेश कुँवरलाई युवतीमार्फत अपहरण गरी महाराजगन्जमा बन्धक बनाइएको थियो । अपहरणमा संलग्न दुईजना युवक पक्राउ परे भने युवतीसहित मुख्य नाइके अझै फरार छन् । त्यस्तै, गत २३ माघमा नेपालगन्जमा पनि जग्गा व्यवसायी केशरबहादुर रोकायालाई युवतीकै माध्यमबाट अपहरण गरी फिरौती असुलिएको थियो । गिरोहमा आबद्ध युवती रीता गुरुङसहित चारजनालाई प्रहरीले त्यही दिन पक्राउ गरेको थियो । पहिलोपटक अदालतको आदेशमा ‘कल डिटेल’ उपत्यकामा प्रहरीले पहिलोपटक अदालतबाट आदेश लिएर फोनको कल डिटेल, एसएमएस डिटेल तथा लोकेसन हेर्न थालेको छ । महानगरीय अपराध महाशाखाले शुक्रबार काठमाडौं जिल्ला अदालतबाट आदेश लिएर विभिन्न सातवटा नम्बरको कल डिटेल नेपाल टेलिकमबाट मगाएको हो । अनुसन्धानका लागि अदालतले म्याद थप गरेजस्तै अदालतबाट कल डिटेलका लागि अनुमति लिएर अनुसन्धान थालिएको अपराध महाशाखाका एसपी प्रकाशजंग कार्कीले जानकारी दिए । सर्वाेच्चले अदालतको आदेश लिएर मात्र कल डिटेल हेर्न आदेश दिएपछि प्रहरीले यस्तो प्रक्रिया सुरु गरेको हो । गोपनीयताको कारण देखाउँदै अदालतले यस्तो आदेश दिएको हो । सर्वोच्चको यो आदेश अपराध अनुसन्धानका लागि धेरै जटिल हुने प्रहरी अधिकारीहरू बताउँछन् । बिहीबार व्यापारी श्यामसुन्दर अग्रवाल अपहरणमा परेको खबर बेलुका साढे ८ बजे प्रहरीले पाएको थियो । तत्काल कल डिटेल हेरेर अनुसन्धान गर्नुपर्ने थियो । तर, अदालतले शुक्रबार दिउँसो मात्र कल डिटेल हेर्न अनुमति दियो । ‘त्यतिवेलासम्म अपहरणकारीहरू सजिलै भागे,’ अनुसन्धानमा आबद्ध एक प्रहरी अधिकारी भन्छन्, ‘अदालतको आदेशपछि अब अपराधीलाई सहज भएको छ, हामी अनुसन्धान नै गर्न नसक्ने अवस्थामा पुगेका छौँ ।’ अपराध अनुसन्धानमा कल डिटेल नै प्रहरीको प्रमुख आधार हुँदै आएको छ । तर, भनेको समयमा कल डिटेल नआउँदा अपराधी भागिसक्ने प्रहरी अधिकारीहरू बताउँछन् । update....................................... न्युरोड, मख्खन गल्लीका साडी व्यापारी श्यामसुन्दर अग्रवाल अपहरणका मुख्य योजनाकार प्रकाश लामिछानेलाई नेपाल ल्याइएको छ । दुबईमा लुकेर बसेका लामिछानेलाई इन्टरपोलको सहयोगमा नेपाल ल्याइएको हो । 200x200 फागुन ५ गते अग्रवालको अपहरणपछि गोपनीयता भंग हुने डरले लामिछाने आफ्नी प्रेमिका धादिङकी राधिका श्रेष्ठको हत्या गरी फरार भएका थिए । प्रहरीले अग्रवालको अपहण र राधिकाको हत्यारा पक्राउ गर्ने सिलसिलामा लामिछानेको मुख्य योजना रहेको खुलेको थियो । लामिछानेलाई पक्राउ गर्न महानगरीय प्रहरी अपराध महाशाखाको अनुरोधमा इन्टरपोलले रेड कर्नर नोटिस जारी गरेको थियो । लामिछानेले अग्रवाललाई अपहरण गरी सुन्धारास्थित सनराइज गेस्ट हाउसमा बन्धक बनाएर राखी १० लाख ७० हजार रुपैयाँ फिरौती लिएर छाडेका थिए । उनले आफूलाई सीआईबीको प्रहरी भन्दै अग्रवाललाई नियन्त्रणमा लिएका थिए । अग्रवालकै साडी पसलमा काम गर्ने श्रेष्ठले अग्रवाललाई गेस्ट हाउसमा बोलाएर लामिछानेको जिम्मा लगाएकी थिइन् । महाशाखाले तत्काल अग्रवालको अपहरणमा संलग्न भक्तपुर बागेश्वरीका किशोर गिरी र सरोज घोरासैनीलाई पक्राउ गरेको थियो । गिरी र घोरासैनीले फिरौती बुझेपछि भागबन्डा गरेर आफूहरू कोठा गएको तर लामिछाने र श्रेष्ठ सँगै गएको बयान दिएका थिए । श्रेष्ठको शव फागुन २० गते भक्तपुर बागेश्वरीस्थित मुहानपोखरीमा गाडिएको अवस्थामा फेला परेको थियो । श्रेष्ठलाई अग्रवालको अपहरण गर्न मात्रै लामिछानेले प्रेमको नाटक गरेको अनुसन्धान क्रममा खुलेको थियो । । प्रहरी प्रधान कार्यालय इन्टरपोल महाशाखा प्रमुख एसपी किरण बज्राचार्यले लामिछानेलाई इन्टरपोलको सहयोगमा नेपाल ल्याइएको बताइन् ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Abduction
Weapons Unclear
Primary Cause Kidnapping for ransom
Actor 1 - Number of people 4
Actor 1 - Affiliations Criminal
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Abducted 1
National/Online Media

0 Comments