Incident Reports

Complained filed against teacher for beating student

2017-02-19

A complaint has been filed against a teacher on charge of beating a student of Yamuna Nanda Primary School. Dev Bahadur Buda, a teacher of Yamuna Nanda Primary School, who is also a student of 12th grader at same school had allegedly beaten up a seventh grader Ashok Sharma for getting late in the class on Sunday. He has bruises on his ear and face. According to his other, he also vomited as soon as he reached home. Police has arrested Dev Bahadur on the basis of complained filed by the victim mother. अभ्यास शिक्षणमा आएका सिकारु शिक्षकको कुटाइबाट यमुना नन्द नमुना मावि कक्षा ७ मा अध्ययनरत १३ वर्षीय अशोक शर्मा घाइते भएका छन् । सोही विद्यालयको कक्षा १२ मा अध्ययनरत देवबहादुर बुढाको कुटाइले उनी घाइते बनेका हुन् । देवबहादुरको पिटाइबाट अशोकको कान, ढाड र अनुहारमा चोट लागेको छ । उनको कानमा ठूलै चोट हुन सक्ने जिल्ला अस्पतालले जनायो । आइतबार दिउँसो ३ बजेको समयमा अन्तिम पिरियड पढाइ भइरहेका शिक्षकले आफूलाई कुटेको अशोकले बताए । देवबहादुर पढाइरहेको समयमा अशोक बाहिरबाट कक्षामा आएका थिए । ‘पढ्ने बेला कहाँ गएको थिइस् भनेर पिट्नु भो,’ अशोकले भने, ‘गाली पनि वेस्सरी गर्नुभयो ।’ अनुमति लिएर कक्षा कोठामा पस्नेबित्तिकै आफूलाई झापड हानेको र त्यसपछि लात्तीसमेत हानेपछि बेञ्चमा ठोक्किर कान, ढाड र अनुहारमा चोट लागेको अशोकले बताए । कुटाइपछि घर पुगेका अशोकले बेलुकी बान्ता गरेको उनकी आमा कालिकाले बताइन् । एक्कासि बान्ता गरेपछि छोरालाई राति नै अस्पताल पुर्‍याएको उनले बताइन् । अशोकको थप उपचारका लागि जिल्ला अस्पतालले काठमाडौं रिफर गरेको छ । अस्पताल प्रमुख डा. राजेन्द्र जिसीले जिल्लामा त्यस्तो असर नदेखिए पनि बिरामीले बान्ता गरेकाले अन्त पठाइएको बताए । विद्यार्थी कुट्ने देवबहादुरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनीविरुद्ध अशोकका आफन्तले कुटपिटविरुद्ध उजुरी गरेका छन् । विद्यालयका प्रधानाध्यापक दामोदर पौडेलले विद्यार्थीले गल्ती गरे पनि कुट्न नपाइने बताए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Violence in school/university (violence by teachers, hazing, etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Education sector/teachers (private and public)
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Education sector/teachers (private and public)
Actor 2 - Youth youth
Total Injured 1
Youth Injured 1
National/Online Media , INSEC

0 Comments