Injuries have been reported when two rival student organizations clashed in Ratna Rajya Laxmi Campus at Exhibition Road in Kathmandu on Saturday.
Nepali Congress affiliated Nepal Student Union (NSU) and CPN-UML's sister organization All Nepal National Free Students Union (ANNFSU) clashed over Free Student Union candidates nomination. Students pelted stones at each other during the 15 minute scuffle.
The clash ensued when rival ANNFSU and ANNFSU-R, affiliated with CPN (Maoist Center), established another office for candidate registration. The group has also arson college store and furnitures.
Police said students from both sides were injured in the scuffle. The situation has now been taken under control, police said.
स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनको विषयलाई लिएर शनिबार काठमाडौंका रत्नराज्य र शंकरदेवमा दुई विद्यार्थी संगठनबीच झडप भएको छ। दुवै कलेजमा कांग्रेस निकट नेपाल विद्यार्थी संघ र एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनका विद्यार्थीबीच झडप भएको हो।
त्रिविका क्याम्पसमा शनिबार प्रत्यक्षतर्फका उम्मेदवारको मनोनयन दर्ता कार्यक्रम थियो। यसै क्रममा दुवै कलेजमा झडप भएको हो। आक्रोशित समूहले रत्नराज्य कलेजको स्टोरमा आगजनी गरेको छ। प्रहरीले स्टोरमा रहेका फर्निचर जलेको जनाएको छ।
कार्यालयका एसपी गणेशबहादुर ऐरले तत्काल घटनास्थल पुगेर प्रहरीले आगो निभाउनुका साथै दुवै समूहका विद्यार्थीलाई तितरबितर पारेको बताए। निर्वाचन तालिकाअनुसार उम्मेदवारी मनोनयनपछि दाबी विरोध, छानबिन, सूची प्रकाशन, उम्मेदवारी फिर्ता र अन्तिम नामावली प्रकाशन हुने छ। त्रिविले १८ गते स्ववियु निर्वाचन गराउने निर्णय गरेको छ। यसअघि १४ गते तोकिएको निर्वाचन विभिन्न कारण सारेर १८ गते पुर्याइएको हो।