The association have accused the campus of cancelling the schedule published by Tribhuwan University and admitting students unethically because of which they want further election process to stop. They released a joint statement which stated that the campus must create an environment for the fair competition among the students. They have also hailed that the padlocking will continue unless they are assured regarding the same.
अमरदीप क्याम्पस नेवारेमा पाँच विद्यार्थी संगठनहरुले शनिबार तालाबन्दी गरेका हुन्। विद्यार्थी संगठनहरुले त्रिभुवन विश्वविद्यालयले प्रकाशन गरेको कार्यतालिका मिचेर फर्जी विद्यार्थी भर्ना गरिरहेको भन्दै तत्काल निर्वाचन प्रक्रिया रोक्नुपर्ने भन्दै तालाबन्दि गरेका हुन्। विद्यार्थी संगठनहरुले संयुक्त विज्ञप्ति जारि गरि विद्यार्थी संगठनहरुसंग समन्वय नगरी अघि बढाइएको निर्वाचन प्रक्रिया तत्काल रोक्न माग गरेका छन। विज्ञप्तिमा सम्पूर्ण विद्यार्थी संगठनहरुले स्वच्छ प्रतिस्पर्धा गर्न पाउने वातावरण सिर्जना पनि क्याम्पस प्रशासनसंग मा गरेका छन्। उनीहरुले स्ववियु निर्वाचनमा स्वच्छ प्रतिस्पर्धा गर्न पाउने अधिकारको सुनिस्चितता नहुँदासम्मका लागि तालाबन्दीलाई जारि राख्ने बताएका छन्।