Incident Reports

Udgosh: Vandalism at Morang campus

2017-01-25

Province 1, Morang, Biratnagar

A group of students of Mahendra Morang Campus vandalized office of Campus Chief claiming that the campus made excessive expenditure in the name of inter-college T-20 cricket competition on Wednesday. The students claimed that they vandalized the office because the campus submitted more bills of foods and in the name of students some leaders spent the money. However, the Campus Chief, Mahendra Narayan Yadav states that no bills related to competition has been submitted yet and campus will not take responsibility of the expenses. विराटनगर – केही दिनअघि सम्पन्न अन्तरकलेज टी-२० क्रिकेट प्रतियोगिताको नाममा धेरै रकम खर्च गरेको भन्दै महेन्द्र मोरङ क्याम्पसका विधार्थीको एक समूहले क्याम्पस प्रमुखको कार्यकक्ष तोडफोड गरेको छ । बुधबार क्याम्पसमा बिबिए (व्यवस्थापन) संकायका केही विधार्थीहरुको समूहले क्याम्पस प्रमुख महेन्द्रनारायण यादवको कार्यकक्ष तोडफोड गरेको हो । केही दिनअघि सम्पन्न अन्तरकलेज टी-२० क्रिकेट प्रतियोगिताको उपाधि जितेको महेन्द्र मोरङका विधार्थीले खाजा खर्च बढी पेस गरेको भन्दै तोडफोड गरी ताला लगाएको बताईएको छ । प्रतियोगिता जितेका विधार्थीलाई प्रोत्साहन गर्न आग्रह गर्दा क्याम्पसले पहिले रकम खर्च भएको भन्दै आलटाल गरेपछि तोडफोड गरिएको हो । विधार्थीको नाममा केही नेताले रकम खर्च गरेपछि विरोध गरेको एक विधार्थीले बताए । तर क्याम्पस प्रमुख महेन्द्रनारायण यादव खेलसंग सम्बन्धित कुनै विल पेस नभएको बताउछन् । विधार्थी कल्याण परिषदले खेलकुद गराउने बताउदै उनले परिषदबाट कुनै बिल नआएको जानकारी दिए । क्याम्पसले कुनै खर्च नव्यहोर्ने उनले बताए । परिषदले रिपोर्ट पेस गरेपछि क्याम्पसले हेर्ने बताउदै कसैले खर्चको रिपोर्ट पेस नगरेको उनको भनाइ छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Vandalism
Weapons Blunt weapon
Primary Cause Issues related to corruption (other than tenders)
Actor 1 - Number of people 15
Actor 1 - Affiliations Students
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Education sector/teachers (private and public)
Actor 2 - Youth na
Local Newspaper - Morang

0 Comments

Related Reports
Related Trend Analysis